पोखरा । हेमजाको पुरानो चौरासी नहरलाई सङ्घीय सरकारबाट ५ करोड बजेट परेको छ । बजेट परेसँगै लामो समय सम्म देखिएको चौरासी नहरको समस्या अव समाधान हुने भएको छ। बजेटले हेमजाबासी किसानहरूको चौरासी नहर निर्माण गर्ने सपना पूरा हुने भएको छ ।
आर्थिक वर्ष २०८२÷८३ को लागि पोखरा महानगरपालिकाको सिफारिसमा सङ्घ सरकारको विशेष अनुदान मार्फत स्थानीय तह बाट कार्यान्वयन हुन छनौट गरिएको आयोजना अन्तर्गत हेमजाको चौरासी नहरलाई ५ करोड बजेट स्वीकृत भएको हो ।
पोखरा –२५ हेमजाको वि.स. १८८४ देखि जीर्ण अवस्थामा रहेको करिब ४ सय हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ हुने ४ कि.मि लम्बाइको पुरानो ऐतिहासिक चौरासी नहर सिँचाइ आयोजनामा ३ वर्षमा क्रमागत रूपमा सम्पन्न हुने गरि ५ करोड रुपैयाँ स्वीकृत भएको महानगरका प्रवक्ता तथा पोखरा–२५ हेमजाका वडा अध्यक्ष मोतिलाल तिम्सिनाले जानकारी दिए।
उक्त चौरासी नहरलाई आगामी आर्थिक वर्षको लागि १ करोड ४३ लाख बजेट विनियोजन भएको छ । जीर्ण अवस्थामा रहेको चौरासी नहरलाई व्यवस्थित गर्नका लागि सिँचाइ डिभिजन कार्यालयले डिपिआर तयार पारेको थियो । यो योजनाको लागत ७ करोड रहेको अध्यक्ष तिम्सिनाले जानकारी दिए । उनका अनुसार उक्त नहरको दुवै तर्फ आरसिसी वाल रहने छ ।
यसअघि गण्डकी प्रदेश सरकार र पोखरमा महानगरपालिका मार्फत करिब २ करोड बराबरको लागतमा ७ मिटर काम भएको तिम्सिनाले जानकारी दिए । यही बजेटबाट अहिले पनि नहरमा काम भइरहेको छ । उनका अनुसार अहिले भएको काम पनि डिपिआर अनुरूप नै भएको छ ।
हेमजाको नहरका लागि सङ्घीय सरकारबाट यति ठुलो बजेट परेको यो पहिलो पटक भएको अध्यक्ष तिम्सिनाले बताए । ‘हेमजाको पुरानो चौरासी नहर जीर्ण हुँदा सबैले सास्ती खेप्नु परेको थियो’ तिम्सिनाले भने,‘ चौरासी नहरको पुरै काम सम्पन्न भएपछि सिँचाइसँगै बाडी नियन्त्रण र डुवाउको समस्या समाधान हुने छ।’
उनका अनुसार अव आउने आर्थिक वर्षमा टेन्डर आह्वान गरेर चौरासी नहरको काम अगाडि बढ्ने छ । उनले बजेट पार्नका लागि सहयोग गर्ने पोखरा महानगरपालिका लगायत सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा चित्रकार र कविको जमघट
हेमजाको डिभाइडरमा फुलका बिरुवा रोपियो
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, आज सम्म झन्डै ६ करोड सङ्कलन
भोलि हेमजाको डिभाइडरमा फुलका बिरुवा रोपिने
कोटिहोममा भोलि महानायक राजेश हमाल आउँदै