पोखरा। पोखरा महानगर पालिका वडा नं. २५ हेमजामा फुलका बिरुवा रोपिएको छ । बिश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका को क्लिन सिटी ग्रिन सिटी कार्यक्रम अनुसार २ लाख २६ हजार बिरुवा रोप्ने कार्यक्रम अन्तर्गत बुधवार हेमजा फुलका बिरुवा रोपिएको हो ।
वृक्षारोपण अभियानको नगर प्रमुख धनराज आचार्यले शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख आचार्यले रोपिएका विरुवाहरुको स्थानीयले रेखदेख गर्न आग्रह गरे ।
पोखरा महानगरपालिका वडा नं.२५ हेमजामाको डिभाइडरमा कल्की, धुपी र बेगमबेलि जातका १ हजार १ सय बिरुवाहरू रोपिने छ। अभियानका क्रममा पोखरा महानगरपालिका क्षेत्रमा ३८ प्रजातिका २ लाख २६ हजार बिरुवाहरू रोपिने महानगरका प्रवक्ता तथा पोखरा–२५ हेमजाका वडा अध्यक्ष मोतीलाल तिम्सिनाले जानकारी दिए ।
पोखरा महानगर पालिका प्रमुख आचार्यसँगै उपप्रमुख मञ्जु देवी गुरुङ विभिन्न वडाका वडा अध्यक्ष, कर्मचारी स्थानीयको सहभागितामा पोखरा २५ साझा चोकमा फुलका बिरुवा रोपिएको हो ।
महानगरका प्रवक्ता तथा पोखरा–२५ हेमजाका वडा अध्यक्ष मोतीलाल तिम्सिनाका अनुसार राजमार्गको याम्दी देखि फेदी सम्मको सडक खण्डको १२ कि.मि. दुरीको डिभाइडरमा विभिन्न जातका १ हजार १ सय विभिन्न जातका फुलका बिरुवा वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ । डिभाइडरमा खाल्टा खन्ने काम जारी रहेकोले एक हप्ता भित्रमा १ हजार १ सय फुलका बिरुवा रोपी सकिने अध्यक्ष तिम्सिनाले जानकारी दिए ।
पहिले रोपिएका बिरुवाहरू हुर्काउन धेरै प्रयत्न गर्दा पनि माटोको लेभल कम भएको कारणले बढ्न नसकेका कारण अहिले आवश्यक साइजको खाडल, नयाँ माटो र मल हालेर बिरुवा रोपिएको छ ।
Related News
सम्बन्धित समाचार
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, आज सम्म झन्डै ६ करोड सङ्कलन
भोलि हेमजाको डिभाइडरमा फुलका बिरुवा रोपिने
कोटिहोममा भोलि महानायक राजेश हमाल आउँदै
कोटिहोममा गुरुङ समुदायको पोसाकमा भागवत मञ्जरी राधिका दासी
कास्की र तनहुँका ७ सय जनाले निशुल्क स्वास्थ्य जाच गराए