पोखरा । यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ् नियमावलीविरुद्ध सार्वजनिक यातायात व्यवसायी तथा मजदुर सङ्गठनहरू आज देखि देशभर सार्वजनिक यातायात सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।
गण्डकी प्रदेश सरकारले राइड शेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरूले आज देशभर लामो तथा छोटो दूरीका सवारी साधन नचलाउँदा यात्रीहरू मर्कामा परेका हुन् ।
बन्द भएसँगै आज बिहानैबाट देशभरको जनजीवन प्रभावित बनेको छ। बन्दका कारण यात्रुहरु अलपत्र परेका छन् । बन्दका कारण पोखरामा पनि सार्वजनिक यातायात चलेका छैनन् , जसका कारण यात्रुहरू हिँडेर नै आफ्नो गन्तव्य स्थान तर्फ गएका छन् । बिहानै क्याम्पस पढ्न हिँडेका विद्यार्थी पनि अलपत्र परेका छन्। स्कुल बस र निजी सवारी साधन भने सञ्चालनमा रहेका छन्। सधैँ व्यस्त हुन पोखराका सडकहरू आज बिहानैदेखि सुनसान देखिन्छन्।
गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड सेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गरेको थियो । गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली प्रदेशको राजपत्रमा जेठ १ गते प्रकाशन भएर कार्यान्वयनको बाटो खुला भएको छ । त्यसपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित बनेका हुन् । व्यवसायीले सरकारको निर्णयले सार्वजनिक यातायातलाई कमजोर बनाउने भन्दै निर्णय फिर्ता लिन यातायात ठप्प पारेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका सचिव योगेन्द्र बहादुर केसी बताए । राइड सेयरिङ सेवाहरू विश्वका धेरै देशहरूमा सञ्चालित छन् ।
आन्दोलनरत ४ वटा महासङ्घ र ४ वटा मजदुर संघ गठन गरेको सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समिति २०८२ ले भोलि (सोमबार) देखि देशभरका सार्वजनिक यातायात सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। आन्दोलनरत सङ्गठनहरूले सात बुँदे माग पत्रसहित आन्दोलनको घोषणा गरेका हुन्।
Related News
सम्बन्धित समाचार
भोलि देखि देशभर सार्वजनिक यातायात बन्द गर्ने (संयुक्त प्रेस विज्ञप्ति सहित)
बन्द र हड्लातलाई माग पूरा गराउने साधन नबनाउन पोखरा उद्योग वाणिज्य संघको आग्रह
भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक
कोटिहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण
अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई