पोखरा । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुङ्गा व्यवसायी सङ्गठनको व्यवस्थापनमा पोखराको फेवातालमा आइतबार हुने दोस्रो राष्ट्रिय खुल्ला डुङ्गा दौड प्रतियोगिताको तयारी पुरा भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलि बिहान वाराही घाटमा उक्त प्रतियोगिताको उद्घाटन गर्नेछन् । उद्घाटन समारोहमा गण्डकी प्रदेशका सामाजिक तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य तथा प्रदेश सांसदहरूको विशेष आतिथ्ययतामा कार्यक्रम सम्पन्न हुने व्यवस्थापन समितिका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।
अध्यक्ष गिरीका अनुसार प्रतियोगितामा पुरुषतर्फ २० तथा महिलातर्फ १२ टिमले नाम दर्ता गराइसकेका छन् । प्रतियोगिताको पुर्वाद्र्मा वाराही घाटमा स्वागत गेट तथा विभिन्न स्थानमा पोल ब्यानर टाँगिएको छ । महिलातर्फ बाराहीघाट देखि पारी लिच्चि गार्डेनसम्म जाने आउने जाने सहित झन्डै २ किलोमिटर तथा पुरुषतर्फ बाराहीघाट देखि पारी लेक हाउससम्म जाने आउने गरी झन्डै ३ किलोमिटरको दुरीमा प्रतिस्पर्धा गराइने छ ।
फेवातालका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, फेवातालको महत्त्व बुझाउन तथा पोखरामा पर्यटक भित्र्याउँदै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाका गण्डकी प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम हुने टिमले नगद ४० हजार, द्वितीयले नगद ३० हजार, तृतीयले नगद २० हजार तथा सान्त्वना स्थान हासिल गर्ने टिमले नगद १० हजार सहित ट्रफि, मेडल, प्रमाण–पत्र पुरस्कार प्राप्त गर्नेछन् ।
Related News
सम्बन्धित समाचार
कोटीहोममा देवी प्रतिभाको भव्य बिदाई, हजारौँ भक्तजन भावविह्वल
कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन
अन्तर वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नं. ५ र १ सेमिफाइनलमा प्रवेश
कोटिहोममा देवी प्रतिभाको प्रवचनले भक्तजन मन्त्रमुग्ध
कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने