पोखरा । हेमजा युनाईटेडको आयोजनामा भएको अन्तर वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नं. ५ र १ सेमिफाइनलमा प्रवेश गरेको छन् ।
गौरीशङ्कर खेल मैदान(गौरी) मा मङ्गलवार भएको पहिलो क्वाटर फाइन खेलमा वडा नं. ५ ले आयोजक वडा नं. २५ रातोलाई ७–१ ले पराजित गर्दै वडा नं. ५ सेमिफाइनलमा प्रवेश गरेको छ ।
जितका लागि वडा नं ५ का जर्सी नं. १२ का पङ्कज घिमिरेले ह्याट्रिक गर्दा जर्सी नं ४ का अरुण गुरुङले २, जर्सी नं. १० का अनुप केसी र जर्सी नं.१३ का प्रकाश पराजुलीले १÷१ गोल गरे । उक्त खेलमा वडा नं. ५ का जर्सी नं. १२ का पङ्कज घिमिरे म्यान अफ दि म्याच घोषित भए ।
दोस्रो क्वाटर फाइनल खेलमा वडा नं. १ ले वडा नं. ६ लाई २–० को गोल अन्तरले पछि पार्दै वडा नं. १ ले सेमिफाइनलको यात्रा तय ग¥यो । जितका लागि वडा १ का जर्सी नं. ९का वासु जिसी र मिलन गुरुङले १÷१ गोल गरे । उक्त खेलमा वडा नं. १ का जर्सी नं. ७ का चन्द्र तामाङ म्यान अफ दि म्याच घोषित भए । वडा नं. १ सेमिफाइनलमा प्रवेश गरेसँगै बुधवार बिहान ८ बजे वडा नं २५ हेमजा निलो सग प्रतिस्पर्धा गर्नेछ ।
बुधवार वडा न १३ र १५ बिचको अन्तिम क्वाटर फाइनल खेल बिहान ठिक १०ः०० बजे हुनेछ । उक्त क्वाटर फाइनलको विजेताले वडा ५ सँग सेमिफाइनल खेलमा सामान गर्ने खेल संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए ।
१३ समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितीय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने छ । साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
पोखरा महानगर पालिका तथा वडा नं. २५ को संरक्षणमा प्रतियोगिताको आयोजना गरिएको हो । गण्डकी प्रदेश फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भूमिका रहेको छ ।प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहका सहभागिता रहेको छ भने प्रतियोगिता जेठ १७ गते सम्म चल्ने छ ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा देवी प्रतिभाको प्रवचनले भक्तजन मन्त्रमुग्ध
कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने
अन्तर वडा स्तरीय फुटबल प्रतियोगितामा हेमजा निलो सेमिफाइनलमा प्रवेश
टिभिएस आइक्युव ग्रिन रिभोलुसन राइड पोखरामा, ५० ग्राहकसँग हरित यात्राको सुरुवात
कोटिहोममा दानवीर र भक्तजनको उपस्थिति बढ्दै