अन्तर वडा स्तरीय फुटबल प्रतियोगितामा हेमजा निलो सेमिफाइनलमा प्रवेश

राष्ट्र न्यूज सम्वाददाता
जेठ १३, २०८२
5e46f41e-f406-44b0-9842-bb5c59fc6cc6

पोखरा । हेमजा युनाईटेडको आयोजनामा भएको अन्तर वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नं. २५ हेमजा निलो सेमिफाइनलमा प्रवेश गरेको छ । गौरीशङ्कर खेल मैदान(गौरी) मा सोमबार भएको पहिलो खेलमा साबिक विजेता वडा नं. १३ ले वडा नं. १४ लाई २–० को गोल अन्तरले पराजित गर्दै वडा नं. १३ अघिल्लो चरणमा प्रवेश गरेको हो । जितको लागि वडा नं. १३ का जर्सी नं. १७ का राज कुमार गुरुङ र जर्सी नंं.१५ का देवभक्त गुरुङले १÷१ गोल गरे ।

त्यसै गरी सोमबार नै भएको पहिलो क्वाटर फाइनल खेलमा वडा नं. २५ निलोले वडा नं. २० लाई ४–० को फराकिलो गोल अन्तरले पछि पार्दै वाड नं. २५ निलो सेमिफाइनलमा प्रवेश गरेको छ । वडा नं. २५ निलोको तर्फबाट जर्सी नं. ७ का सुविन श्रेष्ठले ह्याट्रिक गर्दा जर्सी नं. ९ का अमृत कुँवरले १ गोल गरे । यो प्रतियोगितामा सुविनको दोस्रो ह्याट्रिक हो । यस अघि सुविनले वडा नं. २९ सँगको खेलमा ह्याट्रिक गरेका थिए । उक्त खेलमा वडा न.२५ निलोका जर्सी न. ६ का खेलाडी राजु श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

मङ्गलवार पहिलो खेल वडा न. ५ र वडा नं. २५ रातो बिच बिहान ८ः०० बजे हुनेछ । दोस्रो खेल वडा न. १  र वडा नं. ६ बिच बिहान १०ः०० बजे हुने खेल संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए ।

१३ समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितीय पुरस्कार रु ५५ हजार  ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने छ  । साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।

‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ जेठ १७ गते सम्म चल्ने उक्त प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहको सहभागिता रहेको छ । पोखरा महानगर पालिका  तथा वडा नं. २५ को संरक्षणमा प्रतियोगिताको आयोजना गरिएको हो । गण्डकी प्रदेश फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भूमिका रहेको छ । 
                                       

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग