टिभिएस आइक्युव ग्रिन रिभोलुसन राइड पोखरामा,  ५० ग्राहकसँग हरित यात्राको सुरुवात

राष्ट्र न्यूज सम्वाददाता
जेठ १३, २०८२
a8370ae1-db81-4afc-bcca-7dc7c74996b6

पोखरा । इलेक्ट्रिक स्कुटरको लोकप्रियतालाई सम्मान गर्दै शनिवार पोखरामा टिभिएस आइक्युव ग्रिन रिभोलुसन राइड सम्पन्न भएको छ । टिभिएस पोखरा शोरूमबाट सुरु भएको यो राइड ५० जना टिभिएस आइक्युव ग्राहकको सहभागितामा बिच बार एन्ड रिसोर्टमा सम्पन्न भएको हो ।

यो कार्यक्रम पोखरामा टिभिएस आइक्यूव लाई पहिलो रोजाइ बनाएकोमा ग्राहकहरूलाई धन्यवाद दिन र वातावरणमैत्री सवारी साधनको प्रवर्द्धन गर्न आयोजना गरिएको हो।

नेपालभरि टिभिएस आइक्यूव स्कुटरहरूले हालसम्म १.६ मिलियन किलोमिटर यात्रा पूरा गरेका छन्, जसले वातावरणमा कार्बन उत्सर्जन घटाउन महत्त्वपूर्ण योगदान पु¥याएको छ। यसले करिब ६ हजार नयाँ रूख रोपेको बराबरको कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पु¥याएको छ।
टिभिएस आइक्युव लाई विश्वास र समर्थन गर्ने सबै ग्राहकहरूलाई धन्यवाद दिन यो राइड आयोजना गरिएको हो। ग्राहकहरूको निरन्तर समर्थनले नै टिभिएस आइक्युव लाई पोखराको पहिलो रोजाइको इलेक्ट्रिक स्कुटर बनाएको छ।

इलेक्ट्रिक सवारीमा रूपान्तरण गर्न इच्छुक ग्राहकहरूका लागि, स्क्वायर मोटर्सले जेठ ११ देखि १६ जेठसम्म ‘एक्सचेन्ज मेला’ आयोजना गर्दैछ। यस मेलामा ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो सवारी साधन साटेर नयाँ टिभिएस आइक्युव इलेक्ट्रिक स्कुटरमा आकर्षक अफरहरू सहित रूपान्तरण गर्न सक्नेछन्।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग