पोखरा । हेमजा युनाईटेडको आयोजनामा सुरु भएको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता आइतबार वडा नं. १ र ५ ले विजय सुरुवात गरेका छन् ।
गौरीशङ्कर खेल मैदान(गौरी) मा आइतबार भएको पहिलो खेल वडा न.१ ले १७ लाई २– १ ले पराजित ग¥यो भने वडा न.५ ले ८ लाई ४–१ गोल अन्तरले पराजित ग¥यो । सोमवार पहिलो खेल वडा न १३ र १४ बिच दोस्रो खेल वडा न. २५ निलो र वडा न. २० बिच हुने खेल संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए ।
प्रतियोगिता ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ जेठ १७ गते सम्म चल्ने छ । प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहको सहभागिता रहेको छ ।
१३ समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितीय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।
उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने छ । साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
पोखरा महानगर पालिका तथा वडा नं. २५ को संरक्षणमा प्रतियोगिताको आयोजना गरिएको हो । गण्डकी प्रदेश फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भूमिका रहेको छ ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा जनप्रतिनिधिको उपस्थिति बढ्दै, स्याङ्जाका पालिकाबाट आर्थिक सहयोग घोषणा
कोटिहोममा आर्थिकसँगै जग्गा दान गर्दै भक्तजन
बेनीका व्यवसायी पोखराबाटै सामान खरिद गर्न इच्छुक, ढुवानी सहज बनाउन सुझाव
पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौँ भक्तजनको सहभागिता
आज देखि सुरु हुने अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हेमजा निलो र पोखरा–२९ भिड्दै