पोखरा । म्याग्दीको बेनीका व्यवसायीहरू पोखराबाटै सामान खरिद गर्न इच्छुक देखिएका छन्। प्रायः काठमाडौँबाटै सामान ल्याउने गरेका उनीहरू पोखराबाटै सामान खरिद गर्न इच्छुक देखिएका हुन् ।
उत्तरी छिमेकी जिल्लाहरूको भ्रमणमा गएको पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरूको साझा संस्था सर्वेश्वर व्यवसायी समितिसँगको छलफलमा बेनीका व्यवसायीहरूले ढुवानीमा सहजता भए पोखराबाटै सामान खरिद गर्न आफूहरू तयार रहेको बताए । पोखरा दुरीका हिसाबले नजिक भएकाले पोखरामा सामान खरिद गर्दा समय पनि बचत हुने उनीहरूको भनाई थियो ।
यसअघि बागलुङका व्यवसायीले पनि ढुवानी सहज बनाएर सस्तो र गुणस्तरीय सामानको ज्ञारेन्टी भए आफूहरू पोखराबाट सामान खरिद गर्न तयार रहेको बताएका थिए । उनीहरुको जस्तै भनाई बेनीका व्यवसायीहरुले पनि दोहो¥याएका हुन् ।
बेनी उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेश शाक्यले पोखरामै सामान खरिद गर्ने वातावरण मिलाउन सके काठमाडौँ जानुपर्ने झन्झटबाट बेनीका व्यवसायीले मुक्ति पाउने बताए । पोखराबाटै सामान खरिद गर्न पाउनु हाम्रो लागि खुसीको कुरा हो,उनले भने, ‘तर ढुवानी केही असहज छ, यसलाई सहज बनाउनुपर्छ । अनि सस्तो र गुणस्तरीय सामान हुने ज्ञारेन्टी हुनुप¥यो ।’
कपडा तथा फेन्सी व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष दामोदर शर्माले अहिले पनि बेनीका व्यवसायीहरूले पोखराबाटै सामान खरिद गर्ने गरेको उल्लेख गरे । तर पोखरामा सामान खरिद गर्दा ढुवानीको समस्या हुने गरेकाले यसको समाधान खोज्न उनले सुझाव दिए । हामी पनि पोखराबाटै सामान खरिद गर्न चाहन्छौँ,उनले भने,‘मुख्य कुरा काठमाडौँ भन्दा सस्तो हुनुप¥यो, अनि गुणस्तर कायम भयो र ढुवानी सहज भयो भने काठमाडौँ धाईरहनु पर्ने बाध्यता हामीलाई पनि हट्छ ।’
छलफलमा बोल्दै सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले पोखराको सर्वेश्वर मार्ग र पराजुली मार्गका व्यवसायीले काठमाडौंकै मूल्यमा पोखरामै होलसेलमा सामान बिक्री गर्ने गरेको बताए । चीन, हङकङ, थाइल्यान्ड, भारत, बङ्गलादेश लगायतका देशहरू तथा उद्योगहरुबाट पनि सिधै सामान ल्याइने भएकाले पोखरामै सस्तोमा सामान पाइने उनको भनाई थियो । ‘सस्तो र गुणस्तरमा चिन्ता नलिनुस्’–उनले भने । बरु ढुवानीलाई सहज बनाउन आफूहरू तयार रहेको उनले प्रतिबद्धता जनाए । सर्वेश्वर मार्ग पराजुली मार्गलाई सामान खरिदको गन्तव्य बनाउनुस्, उनले भने,‘हामी ढुवानी सहज बनाउन तयार छौँ ।’
सर्वेश्वर मार्ग र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरू, फेन्सी तथा रेडिमेड सामानहरू, शृङ्गारका सम्पूर्ण कस्मेटिक सामानहरू, काचो कपडा, जुत्ता, चप्पल, ब्याग, गिफ्ट तथा खेलौनाका सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको समितिका वरिष्ठ उपाध्यक्ष छविलाल गौतमले बताए ।
होलसेल तथा खुद्रा दुवै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रूपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौँ भक्तजनको सहभागिता
आज देखि सुरु हुने अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हेमजा निलो र पोखरा–२९ भिड्दै
पर्वत नवलपुरसंग ९ विकेटले पराजित
कोटिहोमचोक घोषणा,चैतन्यकृष्ण महाराजको बिदाई संगै देवी प्रतिभाको टोली भोलि आउने
कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित