पर्वत नवलपुरसंग ९ विकेटले पराजित

राष्ट्र न्यूज सम्वाददाता
जेठ १०, २०८२
3 (1)

पोखरा । प्रदेश क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशाला जारी गण्डकी प्रदेश स्तरिय यु १६ छनौंट क्रिकेट प्रतियोगितामा शुक्रबारदेखि समुह ‘बि’ तर्फको खेल शुरु भएको छ । शुक्रबार नवलपुरले पर्वतमाथि ९ विकेटको फराकिलो जित निकाल्यो । टस जितेर ब्याटिङ गरेको पर्वतले निर्धारित ३५ ओभरको खेलमा २३.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रनको योगफल तयार पार्यो ।

पर्वतको ब्याटिमा क्रिस कुँवरले ३२ रन जोडे । अनुप सिंहले १३ तथा प्रतिक रावल र अंकुश कुँवर दुवैले समान १० रन बनाए । नवलपुरका बलर समिर रोक्काले ४ विकेट लिए । प्लेयर अफ द म्याच समेत रहेका समिरले ४.२ ओभरमा १५ रन खर्चिएका थिए । अर्का बलर शैलेस काफ्लेले ५ ओभरमा २३ रन खर्चिएर ४ विकेटनै लिए । सुजन अर्याल र गौरब न्यौपानेले पनि एक एक विकेट लिए ।

जितका लागि सय रनको लक्ष्य पछ्याएको नवलपुरका लागि समिर न्यौपानेले महत्वपूर्ण २५ रनको योगदान दिए । विस्फोटक व्याटिङ गरेका समिरले १२ बलमा २ छक्का र २ चौका प्रहार गरे । रजत भूर्तेलले २३ तथा प्राञ्जल पौडेलले २२ रनको पारी खेले । पर्वतका बलर अर्पित गिरीको हातमा १ विकेट पर्यो । जितसंगै नवलपुरले तालिकामा २ अंक जोड्न सफल भयो ।

Related News

सम्बन्धित समाचार

Trending

ट्रेन्डिङ्ग