हेमजामा ३५ वर्ष माथिको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने

राष्ट्र न्यूज सम्वाददाता
जेठ ५, २०८२
DCIM100MEDIADJI_0846.JPG

DCIM100MEDIADJI_0846.JPG

पोखरा । हेमजा युनाईटेड पोखरा–२५ हेमजाको अयोजनामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । युवा एकता र विकासका लागि खेलकुद भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका र वडा न.२५ कार्यालयको संरक्षणमा जेठ १० देखि १७ गते सम्म ३५ वर्ष माथि उमेर समूहको प्रतियोगिता हुन लागेको हो ।

खेलकुदको माध्यमबाट एकता भाईचार बढाउदै खेलकुदमा अभिरुचि जगाई खेलकुदका मध्यम बाट स्वास्थ्य राख्ने साथै गौरीशंकर खेल मैदान(गैरी)लाई स्तरोन्नति तथा संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १ सय ११ र द्धितीय पुरस्कार रु ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्र बहादुर कँुवरले जानकारी दिए ।

साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने उनले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क १० हजार राखिएको छ । साथै सहभागिताका लागि जेठ ८ गते बिहीबार साझ सम्म टिम दर्ता गरी सक्नुपर्ने खेल समन्वय संयोजक सौरभ काकीले जानकारी दिए ।

गण्डकी प्रदेश फुटबल संघ कास्की, जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समिति सहयोगीको भुमिका रहेको छ । खेल पोखरा–२५, हेमजा गौरीशंकर खेल मैदान(गैरी)मा हुने छ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग