पोखरा, २३ वैशाख । हेटौडा उपमहानगर पालिका वडा नं. १६ का सिताराम प्रसाद वाग्ले पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सहभागी भए। यस अघि काठमाण्डौमा भएको कोटिहोममा उनी जान पाएनन् । धेरैको मुख बाट कोटिहोमका बारेमा सुनेका तर जान नपाउँदा पछुतो मानेका वाग्लेलाई पोखरामा भने सहभागिता हुने मौका जु¥यो ।
‘बर्खाले छोपिसकेको खेतीपातीको समय तर पनि कोटिहोम आउन मन लागेको यी सबै पन्छाएर कोटिहोम दर्शन गरियो’ उनी भन्छन्, ‘कोटिहोम त साँचीकै ऐतिहासिक रहेछ ।’
गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको अवलोकन गर्दा मन आनन्दित बनेको उनले सुनाए । धर्म संस्कृतिको रक्षा गर्न कोटिहोमको ठुलो योगदान रहने पनि उनले सुनाए ।
उनी जस्तै देशभरबाट आउने भक्तजन महायज्ञ परिसर भित्र छिरेपछि प्रफुल्ल मुद्रामा देखिन्छन्। किनकि कोटिहोममा भएका विविध गतिविधिले भक्तजनको मन तानिरहेको छ ।
कतै ४ सय बढी व्रामणद्धारा नियमित हवन, कतै व्रतबन्ध, कतै पाठ परायण त कतै विश्वविख्यात बाचिकाहरु जसका मुखारविन्दबाट निस्कने प्रत्येक शब्दले कोटिहोममा आएका भक्तजन प्रफुल्लित देखिन्छन् ।
कोटिहोममा आउने जति पनि भक्तजन छन् उनीहरूले यो ऐतिहासिक कोटिहोममा आउन आग्रह गरेको स्वर सुन्न पाइन्छ ।
के वालक के युवा के वृद्धा सबैको ध्यान भने यतिखेर पोखरामा जारी कोटिहोममा नै केन्द्रीत भएको छ ।
त्यसैले त कोटिहोममा विभिन्न जात, धर्म, वर्ग र समुदायका व्यक्तिहरू एउटै स्थानमा भेला भएर एकता, शान्ति र सम भावको सन्देश फैलाइरहेका छन् ।
कोटिहोम महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजी कोटिहोमको प्रचार–प्रसार गर्नु, सहभागिता जनाउनु र यो पवित्र यात्राको साक्षी बन्नु हामी सबैको दायित्व भएको बताउँछन् ।
‘यस ऐतिहासिक अवसरले हामीलाई हाम्रो सांस्कृतिक पहिचानमा गर्व गर्न सिकाउनेछ, विश्वभर धार्मिक चेतनाको उज्यालो फैलाउनेछ’ उनी भन्छन्, ‘त्यसैले कोटिहोमको दर्शन गर्न कोही पनि नछुटौँ।’
मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूको दर्शन, प्रवचन र आशीर्वादले कार्यक्रमको महत्त्व झनै बढाएको बताउँछन्।
यसै गरी कोटीहोम १ हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिवार तीनदेखि नौ वर्ष उमेर समूहका १हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ।
ज्येष्ठ नागरिकलाई श्रीमद्भागवत गीता र पाँच हजार भन्दा बढी रामनाम पुस्तक वितरण गरिने उनले बताए । सोही अवसरमा सामाजिक अभियन्तालाई विशेष सम्मान गर्ने कार्यक्रम छ ।
कोटी होममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुँदैछन्।
जेठ १० देखि अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाका साथै नेपालका अन्य कथा व्यासलाई पनि सहभागी गराउन प्रयास भइरहेको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । देवीले यसअघि १४ दिन श्रीमद्भागवत कथा सुनाएर फर्किएकी हुन् ।
कोटिहोममा एक सय कुण्डमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी रहेको मानव सेवा फाउण्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता, रक्तदान कार्यक्रम जारी रहेको छ ।
पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।
Related News
सम्बन्धित समाचार
स्व.गजेन्द्र भण्डारी सृजनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पाठक र अधिकारीलाई
धार्मिक पर्यटनसँग जोड्दै ऐतिहासिक कोटिहोम विराट ज्ञान महायज्ञ
उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिने
पोखरा कस्तो बनाउने भन्ने विषयमा सुझाव सङ्कलन गर्दै कास्की काँग्रेस
वैशाख अन्तिम साता कोटिहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने