पोखरा २३ वैशाख । स्व.गजेन्द्र भण्डारी सृजनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पोखरामा क्रियाशील पत्रकार द्वय केशव पाठक र दुर्गा अधिकारीलाई प्रदान गरिने भएको छ ।
पत्रकार पाठकले २०८१ र अधिकारीले २०८२ को पुरस्कार प्राप्त गर्ने भएका हुन् । पुरस्कारको राशि नगद रु. २५ हजार एक रुपैयाँ रहेको छ । पत्रकार गजेन्द्र भण्डारीको सम्झनामा उनका परिवारद्वारा स्थापित, नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित पुरस्कार यही जेठ २ गते स्व.पत्रकार गजेन्द्र भण्डारीको जन्म जयन्तीको अवसरमा प्रदान गरिने भएको हो ।
पत्रकार द्वय पाठक र अधिकारीले पोखरामा रहेर दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गर्दै आइरहेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष समेत रहेका पाठक पोखरा स्पोटस् अनलाइनका सम्पादक हुन् । उनले युवा तथा खेलकुद मन्त्रालयबाट २०७६ को राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले प्रदान गर्ने उत्कृष्ट खेल पत्रकारिता पुरस्कार लगायतबाट सम्मानित भई सकेका छन् ।
क्रियाशील पत्रकार महिला समूह गण्डकी प्रदेशका पूर्व अध्यक्ष समेत रहेकी अधिकारी निजी रेडियोहरूको छाता सङ्गठन वानका केन्द्रीय उपाध्यक्ष हुन । आमसञ्चार र पत्रकारिता एवम् समाजशास्त्रमा स्नातकोत्तर गरेकी उनी यस अघि राष्ट्रपतिद्वारा जनसेवा श्री पञ्चमबाट विभूषित, नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा स्थापित स्व. जगन्नाथ सिग्देल हिमदुत पत्रकारिता पुरस्कार,प्रेस काउन्सिल युवा पत्रकार सम्मान २०७२ लगायतका पुरस्कारबाट सम्मानित भई सकेकी छन् ।
पाठक विशेष गरी खेलकुद पत्रकारितामा सक्रिय छन् भने अधिकारी रेडियो सफलता १०३.४ मेगाहर्जमा आबद्ध छन् ।नेपाल पत्रकार महासघंका पूर्व अध्यक्ष एवम् सल्लाहकार दीपेन्द्र श्रेष्ठ संयोजक, राज बहादुर गुरुङ र रामप्रसाद तिमिल्सेना सदस्य तथा महासङ्घका अध्यक्ष माधव बराल र सचिव भूपाल गुरुङ पदेन सदस्य रहनेगरि गठित प्रतिभा छनोट समितिले गरेको सिफारिसलाई महासङ्घको मगंलबार सम्पन्न बैठकले अनुमोदन गरेको हो । बैठक पत्रकार महासङ्घका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
स्व.गजेन्द्र भण्डारी सृजनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारिता मार्फत समाज,राष्ट्र र लोकतन्त्रप्रति योगदान पु¥याएका पत्रकारको सम्मानमा अर्पण गरिने गरिएको छ ।
Related News
सम्बन्धित समाचार
धार्मिक पर्यटनसँग जोड्दै ऐतिहासिक कोटिहोम विराट ज्ञान महायज्ञ
उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिने
पोखरा कस्तो बनाउने भन्ने विषयमा सुझाव सङ्कलन गर्दै कास्की काँग्रेस
वैशाख अन्तिम साता कोटिहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने
कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति बढ्दै