पोखरा कस्तो बनाउने भन्ने विषयमा सुझाव सङ्कलन गर्दै कास्की काँग्रेस

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २१, २०८२
NC flag

पोखरा, २१ वैशाख । नेपाली काँग्रेस कास्कीले पोखरा कस्तो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफल गरी सुझाव सङ्कलन गरेको छ ।
तीन तहका सरकार नयाँ आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तयारीमा जुटिरहेका बेला पोखराको आवश्यकतालाई बजेट तथा कार्यक्रममा समावेश गर्नका लागि आवश्यक लबिङ गर्न छलफल गरी सुझाव सङ्कलन गरेको हो ।

कास्की काँग्रेसले पहिलो पटक वडा कार्यसमितिका सभापतिसँग छलफल गरेको थियो । दोस्रो पटक आइतबार पार्टीका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसँग छलफल गरी सुझाव सङ्कलन गरेको छ । सोमबार पर्यटन तथा उद्योग व्यवसायीसँग छलफल गरिने छ।

‘आवश्यकता बुझ्ने छौँ, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भने, त्यसपछि तीन तहका सरकारसँग लबिङ गर्ने छौँ ।

सुझावका आधारमा पोखरा र गाउँपालिकाको आवश्यकता पहिचान हुने र त्यसै अनुसार अगाडि बढ्ने तयारी छ । सुझाव सङ्कलन पछि पोखरामा आवश्यक भौतिक पूर्वाधार र जनताको प्रमुख आवश्यकता के छ त्यस बारेमा निष्कर्ष सहित तीन तहका सरकारसँग लबिङ गरिने कास्की काँग्रेसका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग