रत्न श्री जीमव्दारा श्री महर्षी गुरूकुल आश्रममा ट्रयाकसुट सेट वितरण

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २०, २०८२
Photo 20

पोखरा, २० वैशाख । पोखरा महानगर पालिका वडा नं. ३ नारायणस्थान स्थित श्री महर्षी गुरुकुल विद्याश्रमका विध्यार्थीलाई ४० थान ट्रयाकसुट सेट वितरण गरिएको छ ।

रत्न श्री जीमका दिवंगत प्रोपाटर  वकिलमान ( शंकर ) उदासको सुगति सहित मृतात्माको चिरशान्तिको कामना गर्दै छोरी सुभेच्छा , छोरा बुहारी सुबोध र अंशु उदासले सामग्रीहरू वितरण गर्नुभएको हो ।

त्यस अवसरमा पालिखे चोक स्थित पालिखे आईरनका प्रोपाईटर विक्रम पालिखेबाट सहयोगमा प्राप्त खेलकूदका सामानहरू पनि विद्यालयलाई ज्योती उदासले हस्तान्तरण गर्नुभयो ।

दाताहरूको शुभमंगलको कामना गर्दै वटुकहरुले स्वाति वाचन गर्नुको साथै मंगल कामना पाठ गर्नुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलले दाता परिवारजनमा धन्यवाद सहित आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं . ३ का अध्यक्ष प्रकाशमान उदासले दिवंगत वकिलमान उदासको जीवनी बारे बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग