पोखरा, १७ वैशाख । जिल्ला समन्वय समिति कास्कीले सार्वजनिक गरेको कास्कीका पालिकाहरूको आर्थिक वर्ष २०८०÷८१ को वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) को नतिजा प्रति माछापुच्छ्रे गाउँपालिकाले असन्तुष्टि व्यक्त गरेको छ ।
जिसस कास्कीले मंगलबार विशेष कार्यक्रम मार्फत सार्वजनिक गरेको नतिजा अनुसार माछापुच्छ्रे गाउँपालिकाले ४५ प्रतिशत प्राप्त गरी कास्कीका पालिकामा पुछारमा रहेको देखाएको थियो ।
प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्य सम्पादनमा ६६ दशमलव ८७ ल्याएर कास्कीमा समानीकरण अनुदान प्रथम र संस्थागत क्षमता स्वमुल्याड्ढन (लिजा) मा ९४ प्रतिशत प्राप्त गरी प्रथम भएको माछापुच्छ्रे गाउँपालिका किन वित्तीय सुशासनमा पुछारमा प¥यो भन्ने प्रश्न गाउँपालिकाका उपाध्यक्ष सिता अधिकारीको रहेको छ ।
जिससले समय सकिएपछि पनि पोखरा महानगरलाई पुन सुचाड्ढ पठाउन अवसर दिए पनि त्यो अवसर गाउँपालिकालाई प्राप्त नभएको उनको गुनासो छ ।
‘ माछापुच्छ्रे गाउँपालिका प्राकृतिक स्रोत तथा वित्त आयोगमा प्रथम र लिजामा पनि प्रथम हुँदै गर्दा किन वित्तीय सुशासनमा पछाडि प¥यो भन्ने हाम्रो धारण हो’ उनले भनिन्–‘कार्य सम्पादन भएको तर सिस्टममा डकुमेन्ट पुरा नभएको कारण यो नतिजा आयो ।’
कर्मचारीबाट केही कमीकमजोरी भएपनि जनप्रतिनिधिलाई खबर गरिदिएको भए माछापुच्छ्रे गाउँपालिका पुछार नपर्ने उनको भनाई छ।
जिसस कास्कीले रूपा गाउँपालिकाले ६८ प्रतिशत अंक सहित प्रथम अन्नपूर्ण गाउँपालिकाले ६६.५ प्रतिशत, मादी गाउँपालिकाले ६१.५ प्रतिशत ,पोखरा महानगर पालिकाले ४७.५ प्रतिशत र माछापुच्छ्रे गाउँपालिकाले ४५ प्रतिशत प्राप्त गरेको नतिजा सार्वजनिक गरेको थियो ।
Related News
सम्बन्धित समाचार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा
कास्की जिल्ला खेलकुद संघलाई प्लाष्टिक बोतल विन सहयोग
पोखरा कोटीहोम महायज्ञमा पूर्वसन्ध्यामा विशाल शोभा कलश यात्रा, अभुतपुर्व भक्तजनको उपस्थिती
व्यवसाय, सेवा र सूचना प्रवाहलाई एउटै माध्यमबाट एकीकृत गर्दै अनलाइनसेवा डटकम
पोखराका प्रेम थापालाई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड