पोखरा । पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनाले कास्की जिल्ला खेलकुद विकास समितिलाई प्लाष्टिक बोतल संकलन विन प्रदान गरेको छ । पोखरा रंगशालाभित्र प्लाष्टिकका बोतलहरु संकलनका लागि कोइकाको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाको समन्वयमा रंगशालामा बोतल विन हस्तान्तरण गरिएको हो ।
हिमालयन लाइफ प्लाष्टिक प्रा.लिको तर्फबाट पोखरा रंगशाला फोहोर संकलनका लागि एक थान प्लाष्टिक बोतल संकलन विन हस्तान्तरण गरिएको छ । अन्य विन बन्ने क्रममा रहेकाले त्यो पनि छिट्टै प्रदान हुनेछ । हिमालयनको तर्फबाट सोर्सिङ म्यानेजर दिपशन श्रीमल र कास्की जिल्ला खेलकुद विकास समितिको तर्फबाट अध्यक्ष मिलन गुरुङ, सचिव अञ्जुु केसी र कार्यालय प्रमुख सुनबहादुर लामाले हस्तान्तरण गरेका थिए ।
बोतललाई पुनः प्रयोग गर्नका लागि यो योजना अघि बढेको हो । विशेषगरि प्लाष्टिकका बोतलहरु ल्याण्डफिल साइडमा नजानेगरि यो योजना अघि बढेको हो । उक्त विनमा बोतलको विर्को राख्ने र बोतल राख्ने फरक फरक रहेको छ ।
हिमालयनका प्लाष्टिक र युुएनडिपीको तर्फबाट योन्सियो ओह र जिसिआरयु परियोजना सशी थापाको समेत सहभागिता रहेको थियो । बोतल विन उपलब्ध गराएकोमा कास्की जिल्ला विकास समितिका अध्यक्ष मिलन गुुरुङले पोखरा भित्रका फोहोर संकलनका लागि गरेको सहयोगले पर्यावरणलाई समेत सफा राख्न मद्धत गर्ने सुनाए । उनले रंगशालाभित्र विभिन्न गतिविधि निरन्तर हुने र त्यहाँ प्लाष्टिक जन्य बोतलको प्रयोग र व्यवस्थापनमा समेत चुुनौति रहेको समयमा बोतल विनले व्यवस्थापनमा टेवा पुुग्नेमा आशावादी रहेको सुनाए । रंगशालामा एक–दुुई थानले मात्र नपुुग्ने भन्दै थप व्यस्थापनका लागि अन्य विन समेत ल्याउन आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
पोखरा कोटीहोम महायज्ञमा पूर्वसन्ध्यामा विशाल शोभा कलश यात्रा, अभुतपुर्व भक्तजनको उपस्थिती
व्यवसाय, सेवा र सूचना प्रवाहलाई एउटै माध्यमबाट एकीकृत गर्दै अनलाइनसेवा डटकम
पोखराका प्रेम थापालाई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड
पोखरा कोटीहोम महायज्ञमा भोलि ११ हजार विशाल शोभा कलश यात्रा हुने
गण्डकी कोटिहोममा भोलि रेनु दाहाल आउने