पोखरा, ३ फागुन । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता फागुन ४ गते देखी शुरु हुने भएको छ । प्रतियोगिताको शुक्रबार खेलतालिका सार्वजनीक भएको छ।
फागुन ४ देखी ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालय तर्फ १३ विद्यालयले भाग लिएका छन् भने क्याम्पस तर्फ ९ क्याम्पसले सहभागीता जनाएका छन्। प्रतियोगिताको विजेता टोली नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यसै गरी दोस्रो हुने टोलीले नगद ५० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए । उनले कलेज तर्फको बिजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ।
प्रदेशस्तरी फुटसल प्रतियोगितामा कास्कीका १० विद्यालय, बाग्लुङका २ तनहुँको एउटा विद्यालय गरी १३ विद्यालयले प्रतिप्रर्धा गर्ने छन् । उनले प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च लाग्ने बताए । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ ।
प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीता रहेको र खेल जित्नुमात्रै नभएर फुटबल विकासका लागि प्रतियोगिता गरेको आयोजना गरेको हिसानका उपाध्यक्ष बाबुराम पन्तले बताए । उनले गण्डकी प्रदेशका विद्यालय तथा कलेज पढाइमा मात्रै नभएर खेलकुदमा पनि अब्बल रहेको प्रतियोगिताले देखाउने बताए ।
प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ । सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो । कार्यक्रममा हिसान गण्डकीका कोषाध्यक्ष टुकराज बास्तोला, सचिब डिल्लिराम अधिकारी लगाएतले फुटबल विकासमा प्रतियोगिता फलदायी हुने बताए ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
सोँथर बेँसी टारी बजार मेला सकियो, फाइब ए साइड फूटबलको उपाधि लम्तरी युवा क्लबलाई