पोखरा । युवावस्था,सामान्य पहिरन र हाउभाउ । यस्ता पनि कम्पनीको सिइओ (मुख्य कार्यकारी निर्देशक) हुन्छन् र ? प्रश्न अस्वभाविक थिएन । तर, जब उनीहरुले बोल्न थाले तब दर्शकदीर्घामा खासखुस चल्यो–ए कुरा यस्तो पो रहेछ !
उनीहरु थिए– रिद इन्फोटेक प्रालिका प्रमुख कार्यकारी निर्देशक रुपेश आचार्य, ठूलो टेक्नोलोजीका कार्यकारी निर्देशक विश्वराज पौडेल र यार्साटेक प्रालिका इन्जिनियर रोशन श्रेष्ठ । कार्यक्रम संचालक प्रिति रानाभाटले उनीहरु सूचना प्रविधिको क्षेत्रमा काम गर्ने युवाहरु भएको युवालाई उत्प्रेरणा भर्नको लागि
उपस्थित भएको जनाउ दिइन् ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्र जारी ‘३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१’ अन्तर्गत मंगबार आयोजित सूचना प्रविधिसम्बन्धी परिसंवाद कार्यक्रममा उनीहरुले आइटी (सूचना प्रविधि) उद्योगमा काम गर्ने उनीहरुले साइबर सुरक्षा, सफ्टवेयर र हार्डवयर निर्माण एवं कृतिम बौद्धिकता (एआई)को प्रयोगबारे आफ्ना धारणा राखे । सूचना प्रविधिको क्षेत्रमा अवसर असाध्यै रहेको तर त्यसको लागि प्रमाणपत्रभन्दा पनि सीप चाहिने जानकारी पस्के । रिद इन्फोटेक प्रालिका प्रमुख कार्यकारी निर्देशक रुपेश आचार्यले साइबर सुरक्षाबारे जानकारी दिँदै आफू सामान्य मान्छे हुँ र मेरो व्यक्तिगत सूचना कसलाई पो काम लाग्छ र भन्ने सोचेर आफ्नो सामाजिक सञ्जालका पासवर्डहरु जथाभावी सार्वजनिक नगर्न सुझाए ।
‘एटयाकरले हामीजस्तै सामान्य मान्छेलाई खोजेको हुन्छ । किनकि, व्यक्तिले राष्ट्रिय अन्तर्राष्ट्रिय पेमेण्ट गेटवे चलाइएको हुन्छ । त्यसमा पसेर पैसा चोर्न सक्छ । हाम्रो इमेलहरुको पासपोर्ट हुन्छ । इन्स्टा, टिकटक,फेसबुकबाट पैसा नै कमाइरहेको एकाउण्ट छ । त्यसबाट पैसा नै कमाइरहेको हुन्छ । हामीले साथीहरुसँग च्याट गरेका हुन्छौँ, त्यो बाहिर आयो भने पनि गोप्य कुरा बाहिर आउँछ,’उनले भने, ‘त्यसैले पनि आफ्ना व्यक्तिगत खाताहरु सुरक्षित राख्नुपर्छ।’
ठूलो टेक्लोलोजीका सिइओ विश्वराज पौडेलले सूचना प्रविधि क्षेत्रमा अथाह सम्भावना रहेकोले त्योबारे सीप सिक्न आग्रह गरे । उनले भने, ‘आइटीमा करिअरको कुरा गर्ने हो भने एकदमै हाइ डिमाण्ड छ । जसले पनि आइटी क्षेत्र सिक्न सक्छ । आजको दिनमा सिक्नैपर्ने स्किल भनेको एआई( कृष्तिम बौद्धिकता) को हो,’उनले भने, ‘आइटीमा सर्टीफिकेट छ भने त्यो सहायकमात्र हो, मुख्य त सीप नै चाहिन्छ । अपडेट भइराख्नुपर्छ ।’
यार्साटेकका इञ्जिनियरिङ म्यानेजर रोशन श्रेष्ठले हार्डवयर र सफ्टवयरको समायोजन गर्दामात्र सूचना प्रविधि क्षेत्रमा अगाडि बढ्न सकिने धारणा राखे । नेपाल डिजिटाइज्ड हुँदै गएको उल्लेख गर्दै उनले यार्साटेकले विभिन्न हार्डवयर र सफ्टवेयर निर्माण गरेको जानकारी दिए । उनले पास हुनको लागिमात्र पढ्ने हैन कि ज्ञान आर्जनको लागि पढ्नुपर्नेमा पनि जोड दिए ।
१२ औं संस्करणको क्यान इन्फोटेक र चौथो संस्करको मोवाइल मेलासमेत समावेुश गरिएको मेलाअन्तर्गत बुधबार ‘गण्डकीको समुन्नति,पर्यटन र प्रविधि’ शीर्षकमा अन्तरसंवाद आयोजना हुने संघका महासचिव शोभा गौतमले जानकारी दिइन् । उनका अनुसार सो सत्रमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटा, जिपास्टका पूर्वअध्यक्ष डा.ढाकाराज भण्डारी र बाराही हस्पिटालिटी ग्रुपका अध्यक्ष हरिप्रसाद पौडेल वक्ता रहने छन्। कार्यक्रमको सहजीकरण संचारकर्मी रघुनाथ वाग्लेले गर्नेछन् ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि संचालित मेलाको नेपाल उद्योग वािणज्य महासंघ तथा महासंघ गण्डकी प्रदेश संरक्षक हो भने गण्डकी प्रदेश सरकार,पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले यसको प्रवद्र्धन गरेका छन् । ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ आयोजित मेलामा संघले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ,क्यान कास्की, नेपाल मोवाइल बितरक संघ गण्डकी र सिएसआइटी एसोसियसनसँग सहकार्य गरेको छ । यस्तै, मधेश प्रदेश सरकार, नेपालस्थित भारतीय राजदूताबास,स्वामी विवेकानन्द कल्चरल सेण्टर,पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा,कृषि विकास निर्देशनालय गण्डकीसँग पनि सहकार्य गरिएको संघका उपमहासचिव सुदीप श्रेष्ठले जानकारी दिए ।
मेलाको मुख्य प्रायोजकमा बाल्ट्रा होम एप्लाइन्सेस, सहप्रायोजकमा समृद्धि स्टिल्स,लक्ष्मी इन्टरकन्टिनेण्टल (हुण्डाइ),सुजल डेरीको सफल दूध र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।
मुक्तिनाथ विकास बैंकले मेलाको मुलद्वार प्रायोजन गरेको छ भने कृषि विकास बैंक लिमिटेड स्टेज प्रायोजक रहेको छ । ग्लोबल आइएमइ बैंक लिमिटेड,गरिमा विकास बैंक लिमिटेड,नेपाल बैंक लिमिटेड,माछापुच्छे« बैक लिमिटेड,ग्रिन डेभलपमेण्ट बैंक लिमिटेड,कामना सेवा विकास बैंक लिमिटेड,नेपाल टेलिकम,याक ब्रोइङ कम्पनी,गृहलक्ष्मी ग्यास कम्पनी प्रालि,डाबर नेपाललगायतले मेलामा प्रायोजकको भूमिका निभाएका छन् ।
युनाइटेड अजोड इन्स्योरेन्स प्रालि इन्स्योरेन्स पार्टनर, पोखरा इन्टरनेट प्रालि इन्टरनेट पार्टनर,खल्ती डिजिटल वालेट पार्टनर र यती एयरलाइन्स अभिसियल एयरलाइन्स पार्टनर रहँदा कर्माचार्य फुड एण्ड ग्रेन्स प्रालि,अन्नपूर्ण फुड एण्ड बेभरेज प्रालिको सोल्टी पानी, ,बागमती प्लाष्टिक, बन्दीपुर केबलकार,फिस्टेल ड्रिम पार्क प्रालिले विभिन्न विधामा सहकार्य गरेका छन् । मेलाको हस्पिटल पार्टनरमा मनिपाल अस्पताल तथा हस्पिटालिटी पार्टनरमा चौतारी बुटिक होटल प्रालि,कुटी रिसोर्ट र होटल गोवा प्यालेस रहेका छन् ।
मंगलबार पशुपति शर्मा, चोलेन्द्र पौडेल,मधु थापा मगर,डिप्लम खाती, तुलसा क्षेत्रीलगायतको सांस्कृतिक प्रस्तुतिसहित विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । बुधबार चोलेन्द्र पौडेल,मुकुन्द त्रिपाठीसहित रामजी खाँण,अमर धिताल,सरिता सारु मगर, कृष्ण सुवेदीलगायतको प्रस्तुति रहने सांस्कृतिक उपसमिति सयोजकसंयोजक ललित कुँवरले जानकारी दिए । मेलामा हरेक दिन प्रवेश टिकटमा गोलाप्रथाबाट ५ जनालाई मोवाइल उपहार दिइने व्यवस्था मिलाइएको छ भने आइटी महोत्सवअन्तर्गत पनि विभिन्न उपहार प्रदान गरिएको मेलामा प्रचार प्रसार उपसमिति संयोजक मनोहरि पौडेलले जनाए ।
मेलामा राजस्थानको लोकनृत्य प्रस्तुत हुँदै
मेला परिसरमा शुक्रबार भारतको राजस्थानको लोकनृत्य प्रस्तुत गरिने भएको छ । नेपालस्थित भारतीय राजदूताबासको आयोजना तथा भारतको काउन्सिल फर कल्चरल रिलेसनको सहयोगमा हुने सो कार्यक्रम दिउसो २ः३० बजे सुरु हुने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए ।
कार्यक्रममा राजस्थानबाट आएका कलाकारले झण्डे २ घण्टा लामो प्रस्तुति दिनेछन् ।
४३ युनिट रक्त संकलन
यता,मेला परिसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रमबाट ४३ युनिट रगत संकलन भएको छ ।नेपाल मोवाइल वितरक संघ गण्डकी, इलेक्ट्रोनिक्स व्यवसाय संघ,क्यान कास्की र सिएआइटी नेपालले संयुक्त रुपले आयोजनामा भएको सो रक्तदान कार्यक्रमको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पहिलो रक्तदाता चिन्तामणि खरेललाई ब्लड ब्याग हस्तान्तरण गरी सुरुवात गरेका थिए ।
मोवाइल बितरक संघ गण्डकीका अध्यक्ष मनोहर श्रेष्ठ इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष चिन्तामणि खरेल, क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवर तथा सिएसआइटीका अध्यक्ष विष्णु पौडेलको उपस्थिति रहेको मोवाइल बितरक संघ गण्डकीका सचिव विनोद केसीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थीलाई अभिमूखिकरण
होली माउण्ट माविले रजत महोत्सव मनायो
लाटोकोसेरो संरक्षण अभियानमा विद्यालयमा क्लब गठन
१३ औं पोखरा महोत्सवमा बुधवारदेखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने
शिक्षाविद् डा. कायस्थकोे शालिक निर्माण