पोखरा, १४ पुस । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियानलाई प्रभावकारी बनाइने भएको छ ।
नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ३३ वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि र अभियानमा खटिएका प्रतिनिधिको संयुक्त बैठकले जनस्तरमा पुग्ने गरी अभियान व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको हो ।
सो वडाका लागि नेपाली काँग्रेस कास्कीले पार्टीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलको संयोजकत्वमा नेपाली काँग्रेस क्षेत्र नं ३(क) का सचिव प्रकाशचन्द्र सापकोटा र पूर्व क्षेत्रीय सचिव प्रेम बहादुर श्रेष्ठ सदस्य रहेको प्रतिनिधि टोली खटाएको छ ।
बैंठकले वडाका विभिन्न पाँच स्थानमा बेग्लाबेग्लै कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । ‘क्षेत्र, पालिका र वडास्तरमा अभियान केन्द्रीत बनेको छ, सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले भन्नुभयो, ’अभियानले पार्टीलाई थप शशक्त बनाउने र जनताको साथमा रहेको भरोसा दिलाउने विश्वास छ ।’
प्रतिनिधि टोली सदस्य प्रकाशचन्द्र सापकोटाले अभियानमा क्रममा संचालन गर्नुपर्ने विषय बारे जानकारी दिनुभएको थियो ।
नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ३३ का वडा कार्यसमितिका सभापति तिलक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं २ सभापति केशर प्रसाद निर्दाेषी, जिल्ला सदस्य भोजराज आचार्य, वडाध्यक्ष रामचन्द्र अधिकारी र हरिराम पौडेलले विभिन्न सुझावहरु दिनुभएको थियो ।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives