पोखरा । गण्डकी प्रदेशका ११ वटै जिल्लामा पौष ९ गते सम्म खेलाडी दर्ताका लागि आह्वान गरिएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीद्वारा बिहिबार आयोजित विभिन्न खेल संघका पदाधिकारीहरुको बैठकमा परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी गराउनु भएको हो । १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि परिषदले बोलाएको प्रारम्भिक छलफलमा सदस्य सचिब शर्माले उक्त जानकारी दिंदै राष्ट्रिय खेलकुदको नयाँ निर्देशिका अनुसार दर्ता नभएका खेलाडीहरु सहभागि बन्न नपाउने बताउनुभयो ।
‘१० औं राष्ट्रिय खेलकुदको निर्देशिका अन्तिम निर्माणको तयारीमा छ’ सदस्य सचिब शर्माले भन्नुभयो, ‘पौष ९ गते सम्म आ–आफ्ना जिल्ला खेलकुद विकास समितिमार्फत दर्ताका लागि हामीले आह्वान गरेका छौं ।’ दर्ता नभएका खेलाडीहरु आगामी चैत्र २३ देखि ३० गते सम्म कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन नपाउने उहाँको भनाई थियो ।
यसै गरी दर्ता र नविकरण नभएका खेल संघहरुलाई यहि पौष २० गते सम्म नविकरण र दर्ताका लागि आह्वान गरेको छ । चैत २० गते सम्म दर्ता र नविकरण नर्गने खेल संघहरुलाई दर्ता रद्ध गर्ने जनाउँदै बैठकमा सदस्य सचिब शर्माले दर्ता खारेज हुने खेल संघहरुलाई लेटर प्याड र छाप प्रयोगमा समेत रोक लगाइने बताए ।
खेल संघका पदाधिकारीहरुको छलफलमा १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि खेल सामाग्रीहरुको समुचित वितरण, खेल प्रशिक्षकहरुको नियुक्ति, खेल मैदानहरुको सुधारलगायतका विषयमा आफ्ना धारणा राखेका थिए । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले प्राप्त गरेको शाखलाई गुम्न नदिन परिषदले योजनावद्ध रुपमा आफ्ना कार्यक्रमहरु तय गर्नुपर्ने सुझाव समेत दिएका थिए ।
छलफलमा दशौै राष्ट्रिय खेलकुदको छनौट कार्यक्रम गाउँपािलका तहहरुमा गर्न सुझाव दिंदै प्रदेशका सबै जिल्ला र पालिकाहरुमा अपनत्व हुने गरी अघि बढाउन समेत सहभागिहरुले जोड दिएका छन् । जसका कारण सबै पालिकाहरुले समेत खेलकुदको विकासमा साझेदारी गर्ने अवसर संगै सुमदायमा खेलकुदलाई जोड्न समेत छनौट कार्यक्रम अझै प्रभावकारी हुने उनीहरुको जोड थियो ।
Related News
सम्बन्धित समाचार
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते