पोखरा । लेखनाथको भण्डारढिकमा जारी २५औं आदर्श कप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । मंगलबार एन्फा गोरखा र नेपाल प्रहरी गण्डकी प्रदेशको खेल सकिएसंगै सेमिफाईनलमा पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो ।
मंगलवार भएको खेलमा नेपाल प्रहरी गण्डकी प्रदेशलाई २–१ गोलले पाखा लगाउँदै गोरखा जिल्ला फुटवल संघले सेमिफाईनलमा स्थान पक्का गरेको हो । खेलको पहिलो हाफको ५५ औ मिनेटमा पहिलो गोल गर्दै एन्फा गोरखाका रिचार्ड अपेकाले टोलिलाई अग्रता दिलाएका थिए ।
खेलको दोश्रो हाफपछिको समयमा ७१ औ मिनेटमा नेपाल प्रहरीको तर्फबाट विवेक गुरुङले गोल फर्काउँदै खेललाई बराबरीमा पुरेयाएका थिए । तर खेलको अन्तिम समयको ८४ औं मिनेटमा नेपाल प्रहरीका खेलाडीले फल गरेपछि पाएको पेनाल्टी सुट आउटको सदुपयोग गर्दै एन्फा गोरखाका देव गुरुङले गरेको गोल नै जितका लागि निर्णायक बनेको हो ।
खेलको म्यानअफ दी म्याचको एन्फा गोर्रखाका आकाश थापा पाएका छन् । उनले टर्फी सहित नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन ।
अब हुने सेमिफाईनल चरणको पहिलो खेल बुधवार आयोजक आदर्श युवा क्लव र कास्की ११ विच हुनेछ भने दोश्रो खेल विहिवार सशस्त्र प्रहरी वल गण्डकी प्रदेश र एन्फा गोर्रखाका विच हुने क्लवका सचिव सन्तोष गुरुङले जानकारी दिएका छन् ।
प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजक आर्दश युवा क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको १६ र १७ गते काठमाण्डौमा
पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता शुरु
नागीधार महोत्सवको तयारी पुरा
पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि
‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुति राख्ने
Archives
Archives