पोखरा । पोखरामा आयोजित १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् ।
५ दिनसम्म चलेको स्पोर्टस् मिटमा घारीपाटनको हिमालयन बोर्डिङ स्कुल र लामाचौरको सरस्वती आदर्श विद्याश्रम समान अंकका साथ च्याम्पियन बनेका हुन् । रनिङ शिल्ड भने पहिलो वर्ष हिमालयनले लिएको प्रिन्सिपल डा. टेकनारायण पौडेलले बताउनुभयो ।
आइतबार पोखरा रंगशालामा स्पोर्टस् मिट समापनमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमालयनका डा. पौडेल तथा सरस्वतीका स्वागतमान सिंह भण्डारीलाई संयुक्तरुपमा रनिङ शिल्ड प्रदान गर्नुभएको हो ।
टिम इभेन्टतर्फ ह्याण्डबलमा दुवै स्कुल विजेता र उपविजेता भई सर्वाधिक अंक जोडेका थिए । हिमालयन गल्र्सतर्फ पहिलो र ब्याइजमा दोस्रो हुँदा सरस्वती ब्याइजमा प्रथम र गल्र्समा दोस्रो भएको हो ।
शनिबार ब्याइज फुटबल फाइनलको उपाधि बालकल्याणले जितेको छ । उसले शान्तिदीपलाई ३–१ गोलअन्तरले हरायो । गल्र्सतर्फ भने कुमुदिनी प्रथम भएको थियो ।
विद्यार्थीको खेल प्रतिभाको प्रस्फुटन तथा विकासमा सहयोग पुग्ने उद्देश्यका साथ प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस् मिटमा ४५ सय जना विद्यार्थीले विभिन्न इभेन्टमा भाग लिएका थिए ।
स्पोर्टस् मिटमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच छात्रछात्रा सिनियर फुटबल, छात्र जुनियर फुटबल, छात्रछात्रा भलिबल, छात्रछात्रा ह्याण्डबल, छात्रछात्रा टेबलटेनिस र एथलेटिक्सका खेल भएको हो ।
कक्षा ११ र १२ का विद्यार्थीबीच छात्रछात्रा भलिबल, छात्रछात्रा बास्केटबल, छात्रछात्रा एथलेटिक्सका खेल भएको हो ।
प्याब्सनले स्थापनाकाल २०४७ देखि शिक्षासँगै खेलकुदको विकास गर्ने उद्देश्यले प्याब्सन स्पोर्टस् मिट आयोजना गर्दै आएको अध्यक्ष मथुराप्रसाद पौडेलल बताउनभयो । संस्थामा ९९ विद्यालय सदस्य छन् । प्याब्सन कास्कीअन्तर्गत ७५ हजार विद्यार्थी अध्ययनरत् छन् ।
प्रतियोगिता संयोजक एवं प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो ।
समापनमा प्रदेश प्रमुख भट्टसहित नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष एवं प्रदेश खेलुकद परिषद् गण्डकीका संस्थापक सदस्यसचिव तेजबहादुर गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण केसी, वीरबहादुर बुढाथोकी, केन्द्रीय सल्लाहकार गणेशमान सिंह भण्डारी, माधवशरण उपाध्याय, प्याब्सनका केन्द्रीय सदस्य एवं प्याब्सन कास्कीका प्रमुख सल्लाहकार प्रेमप्रसाद शर्मा, प्याब्सन अध्यक्ष मथुराप्रसाद पौडेल, स्पोर्टस् मिट संयोजक उमा लामिछाने, एथलेटिक्स संयोजक विधान गौतम लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । स्पोर्टस् मिटमा अघिल्लो वर्ष टप्स च्याम्पियन भएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता शुरु
नागीधार महोत्सवको तयारी पुरा
पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि
‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुति राख्ने
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives