पोखरा,२१ मंसिर । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको संचालित सामाजिक विकास केन्द्रले विभिन्न ४७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय ६५ जना विद्यार्थीलाई न्यानो कपडासहित स्टेसनरी सामान बितरण गरेको छ ।
सामाजिक विकास केन्द्रका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनका अनुसार जीविकोपार्जन तथा शिक्षा परियोजनामार्फत् किडासाको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई स्वेटर,स्टेसनरी सामग्री एवं ट्रयाकसुट वितरण गरिएको हो । पोखरा महानगरभित्रका सरकारी विद्यालयका विद्यार्थी लक्षित यो कार्यक्रमबाट विद्यार्थीलाई प्रोत्साहन मिल्ने पनि उहाँले बताउनुभयो ।
विद्यार्थीहरुलाई अध्यक्ष लालचनसहित पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीसहितले ती सामग्री हस्तान्तरण गरेका सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बालबालिकाहरु विद्यालय बाहिर नरहून् तथा निकृष्ट श्रममा बालबालिकाको प्रयोग नहोस् भन्नेमा सबैले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
Related News
सम्बन्धित समाचार
एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको १६ र १७ गते काठमाण्डौमा
पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता शुरु
नागीधार महोत्सवको तयारी पुरा
पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि
‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुति राख्ने
Archives
Archives