पोखरामा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १८, २०८१
IMG_20241203_112752 (1)

???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

पोखरा । ‘समावेशी र दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित यस वर्षको अपांगता दिवस मनाइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामाअपांगता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवस पोखरामा ¥यालीसहित कार्यक्रम गरी मनाइएको छ ।
दिवसको अवसरमा पोखराको चिप्लेढुुंङ्गाको मानव अधिकारचोकाबाट सुुरु भएको ¥याली न्यूरोड हुदैँ सभागृहमा पुुगेर कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा पोखरामा अपांगताको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि र अपांगता भएका व्यक्तिहरुको सहभागिता थियो ।
¥यालीपछि आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुुदेवी गुुरुङले महानगरले निर्माण गर्ने पूर्वाधारहरु अपांगमैत्री बनिरहेको बताउनुभयो । महानगर अन्र्तगतका कार्यलयहरु निर्माण भएका भवनहरु अपांगमैत्री बनेका छन् तर ब्यत्तिगत घरमा लागुु गर्न कठिन रहेको बताउदै छलफल गरेर अगाडी बढ्ने उल्लेख गर्नुभयो । विगतका वर्षदेखि महानगरले निर्माण गर्ने सबै संरचना अपांगमैत्री बनिरहेको बताउनुुभयो ।
उहाँले दिवसले अपांगताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रीत गर्न भुमिका खेलेको बताउनुुभयो ।
उपप्रमुख गुरुङले अपांगता भएकाहरुलाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्नेमा जोड दिनुुभयो । उहाँले समाजले अपांगता भएका व्यक्तिलाई गर्ने ब्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गर्नुुभयो । उपप्रमुख गुुरुङले महानगरले अपांगता भएका व्यक्तिहरुका लागि ऐन, कानुन निर्माण गरेको र बजेटको समेत व्यवस्था गरेको बताउदै केही कमीकमजोरी भए यस क्षेत्रमा काम गर्ने संघसंस्था र व्यक्तिहरुको सुुझावका आधारमा परिमार्जन गरेर जान सकिने बताउनुुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका निर्देशक निर्मला शर्मा, कोपिला नेपालका अध्यक्ष विना सिलवाल, लोचना अधिकारी, अन्जना केसी, विष्णु सिग्देल, श्रीकान्त सापकोटा, दृष्टिविहिनहरुको तर्फबाट गिरिधारी सुवेदी, बहिराहरुको तर्फबाट सुनिता थापा, श्रवणदृष्टिविहिनको तर्फबाट पुुष्पराज रिमाल, बौद्धिक अपांगताको तर्फबाट रामनारायण श्रेष्ठ, बहुुअपांगताको तर्फबाट सान्त्वना के.सी, अटिजम केयर सोसाइटीका अध्यक्ष मुुकुन्द लम्साल, मनोसामाजिक अपांगताको तर्फबाट अर्जुुन सुनारलगायतले अपांगता क्षेत्रमा भएका समस्याका बारेमा बोल्नुभएको थियो । कार्यक्रम पोखरा महानगरपालिका अपांगता भएकाको सञ्जालका अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार