पोखरामा ३७ औं विश्व एड्स दिवस मनाइयो

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १६, २०८१
Aids day

पोखरा, १६ मंसिर । एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ भन्ने मूल नाराका साथ पोखरामा ३७ औं विश्व एड्स दिवस मनाइएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा तथा गण्डकी प्रदेशमा एचआइभी एड्स तथा यौनरोग नियन्त्रणका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाको समन्वयमा विविध कार्यक्रम गरी दिवस मनाइएको हो ।

पोखराको बसुन्धरापार्कमा मूल समारोह आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका महानिर्देशक डा खिम बहादुर खड्काले जनस्वास्थ्यका क्षेत्रमा सरकारले संचालन गरेका कार्यक्रममध्ये एचआईभी एड्स नियन्त्रण कार्यक्रम अत्यन्त सफल भएको बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली संक्रमितलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले प्रयास गरिरहेको बताउनुभयो ।

राष्ट्रिय एड्स महासंघका केन्द्रीय सचिब मनोज गुरुङले संक्रमितहरुमा हुने गरेको भेदभाब र लान्छना अन्त्यका लागि सबै नागरिकमा जनचेतना फैलाउनुपर्ने कुरामा जोड दिनुभयो ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सन् २०३० सम्म एचआइभी मुक्त समाज निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

दिवसको सन्दर्भमा जनप्रतिनिधिमा एचआइभी सम्वन्धी अभिमुखीकरण, अति विपन्न सिएबिए बच्चाहरुलाई न्यायो कपडा वितरण, जुम्बा कार्यक्रम, जनचेतनामूलक सामग्री प्रशारण, एसटिआई र भिआइए क्याम्प, मैनवत्ति प्रज्वलन जस्ता विविध कार्यक्रम गरिएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत कमल रानाभाटले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

  • पोखराको कोटीहोम प्रचारका लागि साइकल ¥याली

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८२
    पोखरा ११ बैशाख । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना भएको श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान…
  • पोखराको कोटीहोम प्रचारका लागि वैशाख ११ गते साइकल ¥याली

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १०, २०८२
    पोखरा १० बैशाख । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना भएको श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान…
  • पोखराको कोटीहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने

    प्रकाशचन्द्र सापकोटा वैशाख ९, २०८२
    पोखरा ९ बैशाख । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना हुने श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान…
  • आलु महोत्सव भोली सकिदै

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०८२
    पोखरा, २ वैशाख । १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी…
  • कृषिको उत्सव आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत । आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ । यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु…