पोखरा, १३ मंसिर । नेपाली काँग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनित हुनुभएको छ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विहीबार पार्टीका सहसचिव समेत रहनुभएका सिग्देललाई प्रवतmामा मनोनित गर्नुभएको हो ।
नेपाली काग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को धारा ६३ बमोजिम सिग्देललाई प्रवक्तामा मनोनयन गरेको पत्रमा उल्लेख छ । प्रवक्तामा सिग्देललाई मनोनित गरे सँगै सभापति बरालले काँग्रेसको सार्वभौम अधिकारको रक्षाको निम्ति पार्टीको निती, सिद्वान्त र कार्यक्रमलाई सफलताको बाटोमा अग्रसर तुल्याउन विगतमा झै सदैव क्रियाशील, रचनात्मक सहयोगको आशा र विश्वास व्यक्त गर्नुभएको छ ।
सिग्देल कास्कीको १४औ जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित हुनुभएको थियो । १३ औं अधिवेशनबाट सदस्यमा निर्वाचित सिग्देलले अघिल्लो कार्यकाल पनि तीन वर्ष भन्दा बढी समय प्रवक्ताको भूमिका निर्वाह गर्नुभएको थियो । विद्यार्थी राजनीति हुँदै पत्रकारितामा पहिचान बनाउनु भएका सिग्देल नेपाल विद्यार्थी संघ कास्कीको पूर्व सभापति र नेपाल प्रेस युनियन कास्कीको निवर्तमान अध्यक्ष हुनुहुन्छ । देश र जनतालाई शिरमा राखेर निष्ठा, त्याग, आदर्श, सिद्वान्तलाई डगमगाउन नदिने उहाँको भनाई छ । पद सानो, ठूलो जे होला तर पार्टीको हितमा काम गर्नका लागि ठूलो अवसर ठानेर काम गर्ने प्रतिवद्वता उहाँले व्यक्त गर्नुभएको छ ।
Related News
सम्बन्धित समाचार
१४ औ एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड च्याम्पियन
१४ औं एन प्याव्सन स्पोर्टस् मिटको समापन आज
एन प्याव्सन स्पोर्टस् मिट, दश जोड दुई फुटसलमा त्रिवेणी, सिनियर छात्र छात्रा टेबलटेनिसमा वड्स विजयी
१४ औं एन प्याव्सन खेलकुद महोत्सव शुरु
आर्दश कपमा सेमिफाईनल समिकरण पुरा
Archives
Archives