पोखरा । होटल क्षेत्रका लागि औपचारिक रुपमा दक्ष कामदार उत्पादन गर्ने क्रममा देखिएका समस्या र तिनलाई समाधान गर्दै अगाडि बढ्ने विषयमा बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरिएको छ ।
होटल संघ पोखरा नेपाल र दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजनाले उक्त कार्यक्रम आयोजना गरेका हुन् । कमाउँदै सिक्दै भन्ने मान्यता अनुरुप इन्स्योर अन्तर्गत संचालित औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसिप) संचालनको क्रममा आइपर्ने समस्यालाई कसरी निराकरण गरेर लैजान सकिन्छ भन्ने बारेमा कार्यक्रममा चर्चा गरिएको थियो । सो अवसरमा संघ अन्तर्गतका होटलका संचालक, व्यवस्थापक र मानव संशाधन विभागका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
स्वीस सरकारको आर्थिक तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा गण्डकी प्रदेश सरकारको समाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयले इन्स्योर परियोजना मार्फत् प्रि डिप्लोमा तहको २४ महिने अप्रेन्टिसिप कार्यक्रम संचालन गर्दै आएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को प्रिडिप्लोमा तह बमोजिम स्वीकृत पाठ्यक्रमको आधारमा २४ महिना अबधि तोकिएको हो ।
उक्त अवधि मध्ये साडे तीन महिना शिक्षालयमा र साडे १९ महिना औद्योगिक प्रतिष्ठानमा विद्यार्थीले बिताउँछन् । एक महिना पुनः शिक्षालयमा नै फर्कने प्रावधान रहेको छ ।
कार्यक्रम अन्तर्गत सूचना प्रविधि, इलेक्ट्रिकल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, अटोमोवाइल, होटल म्यानेजमेण्ट, भवन निर्माण, चिया प्रविधि र बच्चा स्याहार जस्ता आठ क्षेत्र समेटिएको इन्स्योरका प्राइभेट सेक्टर इन्गेजमेण्ट विज्ञ लोकराज जोशीले प्रष्ट पार्नुभयो । होटल क्षेत्रको जनशक्तिले क्षमता अभिवृद्धि गरोस् र व्यवहारिक ज्ञान हासिल गर्न आउने प्रशिक्षार्थीलाई होटल क्षेत्रमा सौहार्द रुपमा स्वागत होस् भन्ने चाहना इन्स्योरको रहेको उहाँले बताउनुभयो । प्रशिक्षार्थीले विचमै होटल छाडेर हिंडने समस्या समाधानमा ध्यान दिनुपर्ने चर्चा सो अवसरमा गरिएको थियो ।
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रणाली मार्फत् नेपालका युवा, महिला तथा पुरुषहरुलाई सामाजिक तथा आर्थिक लाभ प्रदान गर्ने उद्धेश्य २०७८ बाट संचालित इन्स्योर परियोजनाले लिएको छ । रोजगारी, श्रम बजारको आबश्यकतालाई सम्वोधन गर्ने र उद्योग तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति परिपूर्ति गर्ने उद्धेशय पनि रहेका छन् । अप्रेन्टिसिप कार्यक्रम प्राविधिक शिक्षालय र उद्योग व्यवसाय दुवै स्थानमा सिकाइने (टिभेट)प्रकृतिको हो ।
कमाउँदै सिक्दै भन्ने मान्यता अनुशरण गर्दै सैदान्तिक र व्यवहारिक दुबै रुपमा अगाडि बढ्ने कार्यक्रमले क्षमता अभिवृद्धिमा पनि जोड दिएको छ । सरकारको तोकेको न्यूनतम पारिश्रमिकको २५ प्रतिशत पारिश्रमिक, पोशाक खर्च, दैनिक रु १०० यातायात खर्च, प्रि डिप्लोमा तहको प्रमाणत्र लगायतका सुविधा प्रशिक्षार्थीका लागि रहेका छन् ।
कार्यक्रममा बोल्दै होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले होटल क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति आपूर्ति गर्न केही हदसम्म भए पनि कार्यक्रम सहयोगी हुने बताउनुभयो । हान केन्द्रका कोषाध्यक्ष युवराज श्रेष्ठले दक्ष जनशक्तिको अभाव पर्यटन क्षेत्रका लागि ठूलो चुनौतिको रुपमा रहेको भन्दै अप्रेन्टिसिप कार्यक्रम त्यस्तो अभाव परिपूर्तिमा सहयोगी हुन बताउनुभयो ।
होटल संघ पोखरा नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले उपस्थित सबैलाई धन्यवाद दिंदै अप्रेन्टिसिप कार्यक्रमको सराहना गर्नुभयो । सीटीईभीटी अन्तर्गतको पोखरा प्राविधि विद्यालयका प्राचार्य हर्कलाल श्रेष्ठ र धौलागिरी प्राविधिक शिक्षालयका प्राचार्य खड्गबहादुर सुब्बाले पनि छलफल कार्यक्रममा भनाई राख्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
१४ औ एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड च्याम्पियन
१४ औं एन प्याव्सन स्पोर्टस् मिटको समापन आज
एन प्याव्सन स्पोर्टस् मिट, दश जोड दुई फुटसलमा त्रिवेणी, सिनियर छात्र छात्रा टेबलटेनिसमा वड्स विजयी
१४ औं एन प्याव्सन खेलकुद महोत्सव शुरु
आर्दश कपमा सेमिफाईनल समिकरण पुरा
Archives
Archives