पोखरा, ८ मंसिर । पोखरा महानगरपालिका वडा नम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।
अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा यही मंसिर १७ देखि २७ गतेसम्म कोटिहोम गर्न लागिएको हो । पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटमा आयोजना गरिने कोटिहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरि तयारी अवस्थामा राखिएको छ । मन्दिरमा रंगरोगन र ध्वजापतकाले सजाइएको धामका अध्यक्ष मदन गिरीले जानकारी दिनुभयो ।
कोटिहोमका प्रमुख बाचक, धामका संरक्षक, यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल शनिबार पोखरा आउनुभएको छ ।
अमेरिकामा बस्दै आउनुभएका प्रमुख बाचक ढकाल शनिबार पोखरा आउनुभएको हो ।
उहाँलाई अन्नपूर्णेश्वर शिवालय शिवशतिक्त धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिले स्वागत गरेको समितिका सचिव कमला बरालले जानकारी दिनुभयो ।
यज्ञस्थलको निरिक्षण पछि ढकालले समितिका पदाधिकारी स्थानीयलाई विशेष निर्देशन दिदैँ हरिहर क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकास गर्न संकल्पित भएर लाग्नुपर्ने बताउनुभयो ।
पोखरा महानगर वडा नम्बर १५ का वडासदस्य बलराम पौडेलले कोटिहोमलाई सफल बनाउन वडाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठ नागरिक मिलन केन्द्र निर्माणको उद्देयका साथ कोटिहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले बताउनुभयो ।
कोटिहोममा कथा बाचनका लागि १५ भन्दा बढि धर्म गुरु आउने आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते