पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पूर्व गृहमन्त्री रवि लामिछानेलाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
आइतबार जिल्ला अदालत कास्कीका न्यायधीश नवराज दहालको इजालसले लामिछानेलाई अनसुसन्धान गर्न १३ दिनको अनुमति दिएको हो ।
सहकारी ठगी प्रकरणमा सभापति लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो । यस अघि पनि लामिछानेलाई ३ पटक म्याद थप गरिएको थियो । कास्की प्रहरीले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पती शुद्धिकरणसम्बन्धी कसुरमा हिरासतमा राखेर अनुसन्धान गरेको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक पूर्व डिआइजी धविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई पनि १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी