पोखरा । वैदिक धर्म परिषद कास्की, विश्व हिन्दुमहासंघ गण्डकी प्रदेश समिति र ज्येष्ठ नागरिक मिलन केन्द्र पोखरा –५, प्रस्याङ, बगैँचा पार्कको सहआयोजनामा पापाङ्कुशा एकादशी महात्म्य प्रवचन श्रवण सतसंग भएको छ।
सतसंगमा प्रमुख वाचक केदारेश्वर महादेवमणि आश्रम लेकसाईड पोखराका पीठाधिश डा. लेखनाथ आचार्य (चिद्घन चैतन्य)ले एकादशीको महत्व बताउदै व्रतको अर्थ भगवानको सान्निध्यता प्राप्तिकालागि अवलम्वन गरिने नियम र अनुशाशन भएको उल्लेख गर्नुभयो । पापहरुको नाश गर्न पापाङ्कुशा एकादशी व्रतको ठूलो महत्व रहेकाले व्रत निष्ठा पूर्णरुपले गर्नुपर्ने बताउनुभयो। भगवान विष्णुको उपसना गर्दा शिबजीको समेत र शिवजीको उपासना गर्दा भगवान विष्णुको समेत पूजा अर्चना गर्नु पर्ने र एकको पूजामा अर्काको निन्दा गर्नु नहुने उहाँले बताउनुभयो ।
सतसंगमा संगीतमय भजन किर्तन र नाच गान सहितको प्रवचन भएको थियो। मिलन केन्द्रका अध्यक्ष विश्वनाथ पराजुलीले सनातन धर्म संस्कृतिको जगेर्ना गर्नु सवै सनातनीहरूको दायित्व भएको कुरा औल्याउनुका साथै महात्म्य प्रवचन चतुर्मास व्रत समाप्ति सम्मका प्रत्येक एकादशीमा गरिने बताउनु भयो।
मिलनकेन्द्रका अध्यक्ष विश्वनाथ पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त सत्सँगमा परिषदका सदस्य पं. भुवानी वरालले, सचिव सूर्य प्रसाद भण्डारी, महासंघ गण्डकीका सचिव डिल्लिराम भट्टराई, परिषदका सहसचिव ज्यो. हरिश्चन्द्र भण्डारी, परिषद उपाध्यक्ष पं. दीपक सापकोटा, उपाध्यक्ष भोलाजंग सुवेदी, कर्ता रामु गिरी, भजन कर्ता नारायण ढुड्डाना, शोभाखर अधिकारी, गुरूदत्त अधिकारी, गजेन्द्र बहादुर खत्री, वावुराम तिमिल्सिना, सीता पराजुली, पदम तिमिल्सिना लगायतले बोल्नुभएको थियो । आगामी सतसंग कार्तिक १२ गते सोमबार रमा एकादशीमा गरिने बताइएको थियो।
Related News
सम्बन्धित समाचार
प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना
जेठ २६ गतेसम्म संचालन हुने पोखराको कोटिहोमबारे आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र” को फागुन, चैत र वैशाख विशेषाङ्क
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित