पोखरा,२३ असोज । मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् ।
पूर्वसंचारकर्मी उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गर्नुभयो । २२ वर्ष संचारकर्मको अनुभवलाई सुनाउँदै पौडेलले सकरात्मक सोचले नै आफूमा परिवर्तन आउने उल्लेख गर्नुभयो ।
“म करिब २२ वर्ष संचार कर्ममा लागे । संचार क्षेत्रले मलाई धेरै पाठ सिकायो । कर्मलाई आत्मसात् गर्दै सकरात्मक विचार राखियो भने सफलता मिल्छ । त्यसैले सकरात्मक सोचौं ।”, उहाँले भन्नुभयो ।
पौडेलले साना साना विषयवस्तुले नै लक्ष्य दिलाउने बताए । भनाई र गराईमा फरकपन आयो भने समस्या हुने उहाँको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत पौडेलले समाज निर्माणका लागि युवाको भूमिका महत्वपूर्ण रहेको र मिस पोखरा जस्ता कार्यक्रमले नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।
कात्तिक १० गते फाइनल हुन लागेको मिस पोखरामा १७ जना प्रतिस्पर्धी हुनुहुन्छ । उहाँहरुलाई अहिले विभिन्न तालिम दिइएको पोखरा जेसीजका अध्यक्ष जेसी देबराज शर्माले जानकारी दिनुभयो ।
विभिन्न विधामा २१ दिनसम्म तालिम प्रदान गरि क्षमता अभिवृद्धि गराउने लक्ष्यका साथ अगाडि बढीरहेको भनाई उहाँको छ ।
Related News
सम्बन्धित समाचार
व्यवसाय, सेवा र सूचना प्रवाहलाई एउटै माध्यमबाट एकीकृत गर्दै अनलाइनसेवा डटकम
पोखराका प्रेम थापालाई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड
पोखरा कोटीहोम महायज्ञमा भोलि ११ हजार विशाल शोभा कलश यात्रा हुने
गण्डकी कोटिहोममा भोलि रेनु दाहाल आउने
नेपाल परिवार नियोजन संघको टोली स्वास्थ्य मन्त्री पौडेलसँग भेटघाट