पोखरा, १८ असोज । पोखरामा यही असोज ३० गतेदेखी आगामी कात्तिक ३ गतेसम्म नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने भएको छ ।
होटल संघ नेपाल र पोखरा स्थित पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो ।
पूर्ण योगामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाल प्रवर्द्धन गर्ने उद्धेश्य कार्यक्रमले लिएको छ । महोत्सवमा ५० विदेशी सहित कूल १ सय ७० जना सहभागी हुने अपेक्षा आयोजकको छ ।
महोत्सवमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त योग विज्ञहरुको जमघट हुने र उनीहरुबाट विभिन्न विधामा योगा कक्षाहरु पनि सञ्चालन गरिनेछ । महोत्सव अवधिभर विश्वस्तरीय योग प्रस्तुतकर्ताहरु गुरु अन्तरयोगी चैतन्य केन्द्रका प्रकाश थापा ग्रामीनोमिनेटेड मनोज, पिटिर स्टेरियोस र चर्य नृत्य नाच गुरु प्रज्वल रत्न बज्राचार्य जस्ता विशेषज्ञहरुबाट योग र ध्यानको कार्यशालाहरु रहनेछन् भने ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत हुनेछन् ।
कार्यक्रममा सहभागिताका लागि नेपालीलाई दिनको ३ हजार रुपैया र विदेशीलाई ६ हजार ५ सय रुपैया शुल्क तोकिएको छ । महोत्सब अवधिभर ४ दिन सहभागी हुनेहरुका लागि थप आकर्षक प्याकेजको पनि व्यवस्था गरिएको छ । यस महोत्सवको ट्राभल पार्टनर यती एयरलाइन्स रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै होटल संघ नेपालका महासचिव एबं कार्यक्रमका सभापति साजन शाक्यले नेपालमा योगाकै लागि भनेर ठूलो संख्यामा विदेशी पर्यटक आउने गरेको स्मरण गराउनुभयो । नेपाल चिनाउन र योगाप्रेमीलाई नेपालमा आकर्षित गर्न कार्यक्रम सहयोगी हुने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।
पूर्ण योगाकी संस्थापक लता तुलाचनले सामाजमा सकारात्मक भावको विकास गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । मानिसको शारीरिक र मानसिक स्वास्थको लागि योगको भूमिका हुने बताउँदै उहँले स्वास्थमा गरिने लगानी सबै भन्दा ठूलो लगानी भएको उल्लेख गर्नुभयो । हरियो र सफा नेपाल नारामा समेत कार्यक्रमले जोड दिएको बताउँदै उहाँले कूल १६ जना प्रशिक्षक कार्यक्रममा भाग लिन आइपुग्ने जानकारी दिनुभयो ।
संस्थापक मनोहर श्रेष्ठले नेपालमा योगा सम्बन्धि नीति र कानूनको आबश्यकता औल्याउनुभयो । कार्यक्रममा होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, संघका गण्डकी प्रदेश अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे र पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पनि बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी