पोखरा, १५ असोज । अवैध रुपमा ल्याउँदै गरेको चाँदीको गरगहना सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको पूर्वी चम्पारण जिल्ला सुगौली थाना वडा नं. १० स्थायी घर भएका हाल पोखरा–९ नयाँबजार वस्दै आएका वर्ष ३५ का चन्द्र भुषण प्रसादलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
प्रसादले अबैध रुपमा चाँदिका गरगहनाहरु ओसारपसार गरी रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा– ३२ मजुवा स्थित पृथ्बी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्दा पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवारमा पछाडी भिरेको झोलाभित्र निलो सेतो प्लाष्टिकमा पोका पारी लुकाई छिपाई ल्याएको ा विभिन्न किसिमका चाँदीका गरगहना ५ किलो ६ सय ९० ग्राम सहित फेला परेको थियो ।
सामाग्रीको प्रमाण खुल्ने कुनै कागजात (बिल) समेत नभएको हुँदा प्रसादलाई उक्त गरगहना सहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी वसन्त कुमार शर्माले जानकार दिनुभयो ।
प्रसादको साथबाट चाँदी जस्तो देखिने सेतो धातुको बुट्टावाला पाउजु १ सय ४० थान झल्लार पाउजु १ सय ९२ थान, सादा पाउजु १ सय २५ थान, चन्द्रमा ५ थान, साडी पिन ११ थान,
र पाउजुको लक हुक ४ सय ९८ थान बरामत गरेको शर्माले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते