पोखरा, ९ असोज । पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ ।
शुक्रबार संग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई भव्य स्वागतसहित टिकट शुल्कसमेत नलिइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिनुभयो। पर्वतीय पर्यटन, संस्कृति र सभ्यताको खुला पठाशाला बनेको यो संग्रहालय बिहान साढे ८ बजेबाट साँझ साढे ५ बजेसम्म खुला हुन्छ ।
पर्यटन दिवसकै सन्दर्भमा संग्रहालयले शनिबार ऐतिहासिक फोटो प्रदर्शनी र पुस्तकसमेत सार्वजनिक गर्दे छ । रसियाली लेखक एवं पर्वतारोही युरी रोदिचेभले संकलन गरेका ४० फोटाहरु शनिबार प्रदर्शनीमा राखिने छन् । नेपालको हिमाल र हिमाली क्षेत्रमा उनले खिचेका ती तस्बिरहरु अहिलेसम्म सार्वजनिक भएका छैनन् ।
संग्रहालयकी कार्यकारी निर्देशक न्यौपानेले भन्नुभयो, ‘प्रदर्शनीपछि ती फोटा स्थायी रुपमा संग्रहालयमै रहने छन् । सँगै रोदिचेभको पुस्तक ‘दी हिमालयज’ समेत सोही समारोहमा सार्वजनिक गरिनेछ । गत वर्ष यो संग्रहालय एक लाख ९८ हजार जनाले अवलोकन गरेका छन् । संग्रहालयको रेकर्डअनुसार यहाँ १ सय ५ देशका नागरिकले भ्रमण गरेका छन् ।
संयुक्त राष्ट्र संघले यसपालिको विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति तय गरेको छ । पर्यटनको माध्यमबाट शान्ति र समृद्धिमा योगदान पुग्ने पक्षलाई ध्यान दिई यो नारा बनाइएको हो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी