पोखरा, ७ असोज । सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा पक्राउ परेका पूर्व डिआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीले पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको सोमबारको इजलाशले पूर्व डिआइजी जोशीलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला सरकारी वकिलकको कार्यालय मार्फत गोर्खा मिडिया नेटवर्क प्रा.लिका तत्कालिन सञ्चालक जोशीलाई १० दिनको म्याद थप्न माग गर्दै जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो ।
काठमाण्डौ महानगरपालिका वडा नं. १ नक्सालका ५९ वर्षीय जोशी भागेर बिदेश जान लागेको भन्ने गोप्य सूचनाको आधारमा कास्की प्रहरीको अनुरोधमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौबाट खटिएको प्रहरी टोलीले काठमाण्डौं १० शंखमुल बाट पक्राउ गरी आइतबार वेलुका जाहाजमार्फत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको थियो ।
पोखरा महानगरपालिका वडा नं.४ नालाकोमुख स्थित संचालनमा रहेको सुर्यदर्शन बचत तथा ऋण सहाकारी संस्था रकम ठगी सम्बन्धी अनुसन्धानका लागि जोशीलाई नियन्त्रणमा लिइएको थियो ।
जोशीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माले जानकारी दिनुभयो ।
एमाले सांसद सूर्य थापा संयोजकत्वको सहकारी वचत दुरुपायोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले सहकारी संस्थाको रकम कानुन विपरीत गोर्खा मिडियामा लगानी गरेको निष्कर्ष सहित प्रा.लिका अध्यक्ष गितेन्द्रबावु(जिवी) राई सदस्य कुमार रम्तेल, प्रालिका तत्कालित सञ्चालक छविलाल जोशी र प्रवन्ध निर्देशक रवि लामिछानेलाई कारवाही गर्न सिफारिस गरेको थियो ।
सरकारले संसदिय समितिको उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरे सँगै गृह मन्त्रालयलको निर्देशनमा नेपाल प्रहरीले जोशीलाई पक्राउ गरेको हो । कुमार रम्तेल पुर्वपक्षका लागि कास्की कारागारमा छन् ।
जोशीलाई अदालत पु¥याउनु अघि शहिद चोकमा सहकारी पीडित र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले नारावाजी गरेका थिए ।सहकारी पीडित दोषीलाई पक्राउ गर्नु पर्ने माग राखेर नारा वाजी गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता भने रवि निर्दोष भएको भन्दै नारावाजी गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी