पोखरा, ६ असोज। प्रसूति व्यथा च्यापेर सिकिस्त एक जना गर्भवतीको बाग्लुङबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । तमानखोला गाउँपालिका–१ बोंगादोभानकी २० वर्षीया सुनिला श्रीपालीको आइतबार बिहान बुर्तिबाङबाट हवाई उद्धार गरिएको हो ।
व्यथा च्यापेपछि उहाँ शनिबार राति ९ बजे बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना हुनु भएको थियो । आइतबार बिहान साढे ३ बजेदेखि उच्च रक्तचापले मुर्छा परेपछि श्रीपालीलाई काठमाडौं पठाइएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा. नविन्द्र ढकालले जानकारी दिनुभयो । उहाँलाई थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल लगिएको छ ।
घुमफिरको सिजन भएकाले यो समयमा निजी कम्पनीको हेलिकप्टर उद्धारका लागि पाउन मुस्किल हुन्छ । निजी कम्पनीको हेलिकप्टर नपाइएपछि गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गृह र रक्षामन्त्रीलाई सम्पर्क गर्नुभएको थियो । ‘मैले बिहानै ४ बजे खबर पाएको थिएँ । त्यसपछि मन्त्रालयको टिमले निजी हेलिकप्टर कम्पनीलाई सोध्यो । सबै रिजर्भ रैछन्,’ उहाँले भन्नुभयो, ‘गृह र रक्षामन्त्रीले सहयोग गर्नुभयो । त्यसपछि नेपाली सेनाको हेलिकप्टर बिहान बुर्तिबाङ गयो ।’
गर्भवती श्रीपालीको स्वास्थ्य रेखदेखमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. नविन्द्र ढकाल, रचना सुवेदीलगायत स्वास्थ्यकर्मीको समूह खटेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा कोटीहोम महायज्ञमा पूर्वसन्ध्यामा विशाल शोभा कलश यात्रा, अभुतपुर्व भक्तजनको उपस्थिती
व्यवसाय, सेवा र सूचना प्रवाहलाई एउटै माध्यमबाट एकीकृत गर्दै अनलाइनसेवा डटकम
पोखराका प्रेम थापालाई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड
पोखरा कोटीहोम महायज्ञमा भोलि ११ हजार विशाल शोभा कलश यात्रा हुने
गण्डकी कोटिहोममा भोलि रेनु दाहाल आउने