पोखरा, ८ असार । कास्कीको माछापूच्छ«े गाउँपालिका वडा नं १ मिर्सामा होमस्टे प्रवद्र्वन तालिम शुरु भएको छ ।
माछपूच्छ«े गाउँपालिका र जिविकोपार्जन पुर्नउत्थानका लागि दिगो पर्यटन परियोजनाको सहयोगमा ग्रामिण उद्यमशिलता विकास केन्द्र बाग्लुङ्गले कार्यक्रम आयोजना गरेको हो । १० गतेसम्म चल्ने तालिममा २० जनाको सहभागिता रहने छ ।
तालिमको माछापूच्छ«े गाउँपालिकाका प्रमुख मिन बहादुर गुरुङले उद्घाटन गर्नुभएको छ । कार्यक्रम उद्घाटन गदै उहाँले माछपुच्छ«ेको विकासका लागि आफू सदैव क्रियाशील रहेको उल्लेख गर्नुभयो । उहाँले गाउँपालिकाका बासिन्दाको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
उपप्रमुख सीता अधिकारीले विकाससँगै जनताको आर्थिक उन्नतीलाई विशेष महत्व दिइएको उल्लेख गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले होमस्टे कार्यक्रमले गाउँको प्रवद्र्वन गर्ने र स्थानीयलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
माछापूच्छ«े गाउँपालिका वडा नं १ का वडा सदस्य पूर्ख बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल, पूर्व जनप्रतिनिधि सूर्यबहादुर गुरुङले बोल्नुभएको थियो ।
ग्रामिण उद्यमशिलता विकास केन्द्र बाग्लुङ्गका संयोजक दीपक सुवेदीका अनुसार, उद्यमशीलता विकासका लागि विभिन्न संघसंस्थासँग हातेमालो गर्दै संस्था अगाडि बढिरहेको छ । तालिममा धिरेन राकस मगरले सहजिकरण गर्नु हुनेछ ।
Related News
सम्बन्धित समाचार
माछापुच्छे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता भलिवललाई
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी