पोखरा, ३० जेठ । स्वतन्त्र विद्यार्थी परिषद् पोखरा इन्जिनियरिङ् कलेजले असार १ र २ गते इन्जिनियरिङ महोत्सवको रुपमा ‘यन्त्र’ कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम हुने मिति नजिकिदै गर्दा परिषद्ले तयारी तिव्र पारेको अध्यक्ष विराट सिग्देलले जानकारी दिनुभयो । कार्यक्रमले विद्यार्थीका प्रतिभाहरु प्रस्फुटन गर्ने अपेक्षा गरिएको छ ।
त्यस अवसरमा विभिन्न वर्कसपहरु, टेक्निकल टकसो, वैचारिक बहस, टेक्निकल संवाद, अनुभव साटासाट, विभिन्न खेलकुदहरु, साहित्यक साँझ, साङ्गितिक सन्ध्या पनि गरिने कार्यक्रम संयोजक मिलन डुम्रेले जानकारी दिनुभयो ।
यस्तो कार्यक्रम पोखरामा नै पहिलोपटक आयोजना हुन लागेको दावी गरिएको छ । कार्यक्रममा सहभागिताका लागि देशभरका इन्जिनियर र आर्किटेक्टहरुलाई निमन्त्रणा गरिएको छ ।
कार्यक्रममा नेपालमा इन्जिनियरिङ हिजो, आज र भोलि, प्रविधिका कुरा विश्वविद्यालय देखि कलेजसम्म कति अपडेटेड, इन्जिनियरिङ नेतृत्व, हामी कहाँ ?, इन्जिनियर ÷ आर्किटेक्ट, देश कि विदेश ? , प्राविधिक देखि प्रशासनसम्म कसरी ? भन्ने विषयमा छुट्टाछुट्टै अन्तरक्रिया हुनेछ ।
त्यस्तै टेक्निकल टकमा पोखरा इन्जिनियरिङ कलेज देखि लोकसेवासम्मको यात्रा, इन्जिनियर देखि मेयरसम्मको यात्रा, समकालीन समयमा आर्टिफिसिल इन्टेलिजेन्टको भूमिका, इन्जिनियरिङ जीवन र महिला जस्ता विषयमा हुनेछ ।
खेलकुदहरु तर्फ अन्तरकलेज बास्केटबल प्रतियोगिता, अन्तर कलेज इ स्पोर्ट्स, चेस तथा टेवलटेनिस प्रतियोगिता हुनेछ । विभिन्न फोटोग्राफी, मोडलिङ्ग, लाइभ आर्ट, हाजिरीजवाफ, आइडिया हन्ट, सोलो म्यूजिक तथा हेकाथोन पनि गरिनेछ ।
Related News
सम्बन्धित समाचार
कास्कीको माछापुच्छ«ेमा मंसिर ६ गतेदेखि छैठौं राष्ट्रिपति रनिङ शिल्ड हुने
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
सभापति लामिछाने पक्राउसँगै रास्वपाको पोखरामा विरोध प्रर्दशन
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल हुदै
रास्वपा सभापति लामिछाने पक्राउ
Archives
Archives