दाङसिङ्गकी इशाको उपचारका लागि तीन लाख २० हजार सहयोग

राष्ट्र न्यूज सम्वाददाता
जेठ २५, २०८१
Photo

पोखरा, २५ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ्ग निवासी इशा वि.कको उपचारमा सहयोग पु¥याउन संकलन गरिएको छ ।

स्थानीय प्रेम बहादुर वि.ककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले रकम संकलन गरिएको हो । उहाँको उपचारका लागि सात लाख खर्च लाग्ने बताइएको छ ।

दाङसिङ्ग गुरुङ सम्पर्क मञ्च र दाङसिङ्ग तमु समाज यु.केको नेतृत्वमा रकम संकलन गरिएको हो । संकलित रकम तीन लाख २० हजार आठ सय ८२ रुपैयाँ शुक्रबार बिरामी इशा र बुबा प्रेमलाई हस्तान्तरण गरिएको छ ।

मञ्चका अध्यक्ष क्याप्टेन काजीमान गुरुङले रकम हस्तान्तरण गर्नुभएको थियो । नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति मनोज गुरुङ्, अन्नपूर्ण ८ का वडा अध्यक्ष विजय गुरुङ, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि विष्णु बहादुर क्षत्री, सहसचिव नवीन सिग्देल, नेपाली काँग्रेस क्षेत्र नं ३ का सदस्य तिलक बहादुर कुँवरको रोहवरमा संकलित रकम हस्तान्तरण गरिएको हो ।

दाङ्सिङ्ग तमु समाज यु.केका अध्यक्ष राज बहादुर गुरुङको नेतृत्वमा एक लाख ७० हजार पाँच सय ३७, दाङ्सिङ्ग गुरुङ सम्पर्क मञ्चको नेतृत्वमा एक लाख ६ हजार आठ सय १५, अन्नपूर्ण गाउँपालिका वडा नं ८ बाट ३७ हजार र नेपाली काँग्रेस कास्कीका सदस्यहरुबाट ६ हजार पाँच सय संकलन भएको रकम संकलन समितिका संयोजक पुरण गुरुङले जानकारी दिनुभयो ।

मञ्चका अध्यक्ष क्याप्टेन काजीमान गुरुङले ढुक्कसँग उपचारमा ध्यान दिन आग्रह गर्दै आवश्यक परे अझै सहयोग संकलन गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति मनोज गुरुङले मानवीय सेवा सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै