पोखरा १३ को कृषि जैविक विविधता प्रदर्शनी मेला

राष्ट्र न्यूज सम्वाददाता
जेठ २४, २०८१
PKR 13 Krisi Mela Photo 1

पोखरा, २४ जेठ । पोखरा महानगरपालिकामा भएको ‘कृषि जैविक विविधता प्रदर्शनी मेला –२०८१’ मा सकिएको छ ।

४३ औँ विश्व वातावरण दिवसको अवसरमा पोखरा–१३ को कृषि सञ्जाल, पोखरा महानगरको कृषि महाशाखा, नमुना प्राङ्गारिक कृषि सहकारी संस्था आर्वा र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) को संयुक्त आयोजनामा मेला भएको थियो ।

मेलामा रहेका १० स्टलमा पोखरा १३ मा पाइने रैथाने बालीहरु राखिएको थियो । नयाँ पुस्तालाई कृषि जैविक विविधतासँगै वातावरणको महत्व बुझाउनका लागि मेला आयोजना गरिएको लि–बर्डका कार्यक्रम अधिकृत तथा मेला संयोजक विष्णु भषालले बताउनुभयो । मेलामा कृषि जैविक विविधतामा सहयोग गर्ने गित प्रतियोगिता, बीउ साटासाट, माटो शिविरको कार्यक्रम राखेको उहाँले जानकारी दिनुभयो ।

पोखरा १३ का वडाध्यक्ष किरण बरालले आफ्नो वडामा भएको कृषि जैविकता संरक्षणका लागि विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । सोही अनुसार वडामा कृषि जैविक विविधता प्रदर्शनी मेला आयोजना गरिएको उहाँको भनाइ छ ।

‘आज वातावरण दिवस केही न केही कार्यक्रम गर्नुपर्छ भन्ने थियो । त्यसका लागि हामीले हाम्रो क्षेत्रमा भइरहेका जैविक विविधतालाई संरक्षण गर्ने गरी यो दिवस मनाउनुपर्छ भन्ने लाग्यो । अनि कृषि महाशाखा, लिबर्ड र नमुना प्राङ्गारिक कृषि सहकारीको सहकार्यमा यो मेला गरेका हौं,’ उहाँले भन्नुभयो, ‘जैविकता जोगाउन सकियो भने वातावरण जोगिन्छ भनेर गरिएको कार्यक्रमले कृषकलाई राहत मिल्नेछ भन्नेमा ढुक्क छु ।’ यसका लागि कृषकलाई आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको उहाँले प्रतिवद्धता जनाउनुभयो ।

कृषि जैविक विविधता गित प्रतियोगितामा नमुना प्रथम

मेलामा आयोजना गरिएको कृषि जैविक विविधता गित प्रतियोगितामा नमुना प्राङ्गारिक कृषक समूह प्रथम भएको छ ।
प्रथम भएको समूहले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । भने, द्वितिय भएको मणिदिप कृषक समुहले नगद ५ हजार रुपैयाँ पायो । यस्तै तृतिय भएको पिपलडाली काफलबारी कृषक समूह बन्यो ।

तृतिय भएको समुहले ४ हजार पुरस्कार पाएको थियो । भने, प्रतियोगितामा सहभागी भएको अन्य ७ समूहलाई प्रोत्साहन स्वरुप ३÷३ हजार दिइएको कृषि सञ्जाल पोखरा १३ का अध्यक्ष टेकनाथ बरालले जानकारी दिनुभयो ।

प्रतियोगितामा भाग लिएको विद्यालयको समूहलाई पनि प्रति विद्यालय २५÷२५ सय रुपैयाँ प्रोत्साहन पुरस्कार दिइएको उहाँले बताउनुभयो । सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै