जापान ग्रुप ओनोद्वारा गरिब जेहेन्दार विद्मार्थीलाइ छात्रवृत्ति

राष्ट्र न्यूज सम्वाददाता
जेठ २१, २०८१
japan

पोखरा, २१ जेठ । “हाम्रो सदिक्षा ः युवालाई रोजगारी, बालबालिकालाई शिक्षा” भन्ने मूल नाराका साथ संचालित हाम्रो नयाँ अवसर सामुदायिक संस्था–(ओना)े नेपालले कास्की र म्याग्दीमा छात्रवृत्ति वितरण गरेको छ ।

कन्या मावि पोखरा नदिपुरमा आयोजित कार्यक्रमा सामुदायिक विद्मालयमा अध्यनरत गरिब तथा जेहेन्दार विद्मार्थीलाइ नगद तथा जिन्सीसहित छात्रवृत्ति प्रदान गरको हो ।

कार्यक्रममा कन्या मावि ,अम्बिका मावि ,भुमेश्वर मावि , फुम्रो खौ मावि, सरस्वती टीका, जनता आधारभूत साथै ज्ञानज्योतिका गरि सात विद्मालयका ४६ जना विद्मार्थीलाई अभिभावकको उपस्थितिमा छात्रवृत्ति प्रदान गरेको छ ।

कन्या मावि व्यवस्थापन समिति अध्यक्ष चिरञ्जिवी द्धाले छोटो समयमा कास्की, म्याग्दी ,लमजुङ्ग,चितवनमा क्षेत्र विस्तार गरि उल्लेखनीय कार्य गरेकामा विषेश धन्यवाद दिदै यस्ता परोपकारी संस्थालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सल्लाहकार डिल्लीराम आचार्य, कन्या मा.वि प्राचार्य यम बहादुर. बुढाथोकी, जानज्योतिका प्र.अ यम कार्की, फुम्रो खौ माविका शिक्षक खगराज भण्डारी , भुमेश्वर आ.वि माछापूच्छे« शिक्षक अभिभावक संघ अध्यक्ष बसन्त अधिकारीले बोल्नुभएको थियो ।

विद्मार्थीको तर्फबाट कन्याका आरती तिलिजा, अम्विका बाट निश्चल रानामगर, भुमेश्वर आ.वि बाट यूनिका तामाङ्ग लगायतले ओनो परिवारले शिक्षाको सुनौलो अवसर प्रदान गरेकोमा हार्दिक धन्यवाद दिनुभयो ।

संस्थाका अध्यक्ष देवीलाल शर्मा दाहालले पोखरामा ४६ र म्याग्दीे रितुङ्गा मा.वि, अमर मा.वि चिमखोला,जनसुन्दर आ.वि रघुगंगा, रघुगंगा आ.वि, जनसेवा आ.विमा गरि थप २५ विद्मार्थीलाई छात्रवृत्ति प्रदान गरेको स्पष्ट पार्दै लमजुङ र चितवनका विद्मार्थीलाइ छिटै प्रदान गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

कोषाध्यक्ष बिना थापाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने सदस्य कपिल राज दाहालले जापान ओनो समूह सँग प्रत्यक्ष अन्तरकृयाका लागि प्रविधिक सहजिकरण गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै