हेमजाको आरोग्य कार्यक्रममा ११ सय लाभान्वित

राष्ट्र न्यूज सम्वाददाता
जेठ १३, २०८१
1 (5)

पोखरा, १३ जेठ । पोखरा महानगरपालिका वडा नं. २५ मा सञ्चालित वडा नगारिक आरोग्य कार्यक्रममा एक हजार १ सय ५७ जना लाभान्वित भएका छन् ।

ज्येष्ठ नागरिकको स्वास्थ्यमा सहज पहुच पु¥याउने उद्देश्यले गत वैशाख ३० गतेबाट वडा नगारिक आरोग्य कार्यक्रम शुभारम्भ गरिएको थियो ।

१२ दिन सम्म चलेको यो अभियानमा ३६ वटा स्वास्थ्य टोल मार्फत हरेक टोलमा दीर्घ विरामी र ७० वर्ष माथिका ज्येष्ठ नगारिकको तथ्याड्ढ संकलन गरी उहाँहरुलाई सेवा दिएको पोखरा महानगरपालिकाका प्रवत्ता तथा पोखरा २५ का वडाअध्यक्ष मोतिलाल तिम्सिनाले जानकारी दिनुभयो ।

पोखरा महानगर अन्तर्गत पोखरा २५ मा पहिलो पटक सञ्चालन गरेको यो कार्यक्रममा महिला स्वास्थ्यकर्मी, महिला स्वयमसेवीका स्वास्थ्य टोल, स्वास्थ्य आम समूह टोल विकास समितिको सक्रिय सहभागिता रहेको थियो ।

‘पहिलो चरणको कार्यक्रममा हेमजा रहेको मानवसेवा आश्रमका १ सय २० जनाको स्वास्थ्य परिक्षण गरेर समापन गरेका छौ’ उहाँले भन्नुभयो,‘ यो कार्यक्रममालाई निरन्तरता दिनका लागि वडाको निति तथा कार्यक्रममा समेटी पोखरा महानगरको निति तथा कार्यक्रममा राख्नको लागि पनि पहल गर्नेछौ ।’

यो कार्यक्रमबाट ७० वर्ष काटेका ज्येष्ठ नागरिक र दीघ विरामीको तथ्याड्ढ संकलन भएकोले अव हरेक तीन÷तीन महिनामा घुम्ती शिविर सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

‘ज्येष्ठ नागरिक तथा दीर्घ विरामीको स्वास्थ्यमा सहज पहुच पु¥याउन हरेक तीन÷तीन महिनामा टोल टोलमा पुगी उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने छौं’ उहाँले भन्नुभयो, ‘जो अशत्त हुनुहुन्छ उहाँहरुको घरमै पुगी स्वास्थ्य परीक्षण गर्ने छौं ।’

यो अभियानमा ज्येष्ठ नागरिकको रक्तचाप, नाडीको चाल, श्वासप्रश्वास, जण्डिस, अक्सीजनको मात्र मधुमेह तौललागयतको जाँच गरिएको थियो ।

यसैगरी आइतवार नै पोखरा २५ हेमजाबाट पोलियो रोग विरुद्धको आइपिभी खोप अभियान शुभारम्भ गरिएको छ ।

पोखरा महानगरपालिकाका ३३ वटै वडामा शुरु गरिएको यो आभियान हेमजाबाट शुभारम्भ गरिएको हो । यो अभियान जेठ २६ गते सम्म पोखरा महानगरपालिकाका ३३ वटै वडामा सञ्चालन हुने छ ।

२०७३ बैशाख १ गते देखि २०७५ असोज मासन्तसम्म जन्मिएका बालबालिकालाई यो खोप लगाईने हेमजा स्वास्थ्य चौकीका प्रमुख कुस्मराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरा महानगरपालिकामा करिव २७ हजार ५ सय र हेमजामा १ हजार ६ सय २६ जनालाई यो खोप लगाउने लक्ष्य रहेको छ ।

यो अभियानका लागि हेमजामा २५ जना स्वास्थ्यकर्मी र ५० जना स्वयमसेवक खटाइएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा महानगर भित्र अभियानको रुपमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. २ का वडा अध्यक्ष तथा नेपाली काँग्रेस दलका नेता दिवसमान प्रधानाङ्ग, पोखरा १७ की वडा अध्यक्ष तथा नेकपा ऐमाले दलकी नेता राधिका शाही, वडा नं १ का वडा अध्यक्ष साहारा प्रधान, कार्यपालिका सदस्य तथा पोखरा २५ की वडा सदस्य धनकुमारी पोख्रेल तिमिल्सिना, स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, तत्कालिन हेमजा गाविसका अध्यक्ष रामचन्द्र त्रिपाठी, मानवसेवा आश्रम भवन निर्माण समितिका अध्यक्ष धर्मराज बास्तोला, नेपाली काँग्रेस हेमजाका सभापति मधुसुदन त्रिपाठी, नेकपा ऐमाले हेमजाका अध्यक्ष ऋषिराम पौडेल, मानवसेवा आश्रमका मदन थापा, महिला स्वयम्सेवीका हरिमाया कार्की कुँवर, ज्येष्ठ नागरिक समिति पोखराका अध्यक्ष भूपेन्द्र गिरी, ज्येष्ठ नागरिक मञ्च हेमजाका अध्यक्ष निलकण्ठ पौडेलले कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै