पोखरा, ९ जेठ । समाजसेवी चिनबहादुर केसीले कविता गाउँ लुम्लेका परिकल्पनाकार विनोद गौचनको शालिक निर्माणका लागि जग्गादान गर्नुभएको छ ।
उहाँले अन्नपूर्ण गाउँपालिका–६ लुम्ले छेउघर चौतारामुनिको आफ्नो लालपूर्जाभित्रको जग्गा दान गर्नुभएको हो । वडा नं. ६ का वडा अध्यक्ष एकदेव देवकोटाले समितिले लामो समयदेखि गौचनको शालिक निर्माणका लागि बनाएको योजनाले सार्थक रूप लिएकोमा खुसी व्यक्त गर्नुभयो ।
वडा सदस्य तथा जि.स.स. सदस्य गणेश जि.सी.ले लुम्लेलाई साहित्यका माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन गौचनले पु¥र्याएको योगदानको स्मरण गर्नुभयो ।
जग्गादाता चिनबहादुर के.सी.ले मान्छे धनको भन्दा पनि चेतनाको धनी हुनुपर्ने धारणा राख्नुभयो ।
कविता गाउँ लुम्लेका अध्यक्ष भरत देवकोटाले कविता गाउँ लुम्लेका परिकल्पनाकार गीतकार तथा कवि विनोद गौचनको शालिक निर्माणका लागि स्वइच्छाले दिएको दान सिङ्गो लुम्लेवासीका लागि प्रेरणाको विषय बनेको बताउनुभयो ।
कविता गाउँ लुम्लेका सचिव सुवास गुरुङले यथासक्य छिटो शालिक निर्माणका लागि समिति अब क्रियाशील हुने उल्लेख गर्नुभयो ।
अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएका कवि गौचनको जन्म २०१२ जेष्ठ १३ गते पोखरा बगरमा भएको थियो । गौचनका ‘ढुंगेसाँघुको मेलामा’ (२०५५), ‘पोखरामा फूल फुल्दैन’ (२०६३) कृति प्रकाशित छन् ।
उहाँ ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’, ‘कस्तो ठाउँमा फूल्यौं तिमी टिप्नै गाह्रो भो’, ‘चोली फाटे पनि तिम्रो जोवन फाट्या छैन’लगायतका चर्चित गीतका सर्जक पनि हुुनुहुन्छ ।
गौचनले उमेरको २३ औं वसन्तमा लेखेको ‘तगारोमा रुमाल राखी’ गीतमा २०३६ सालमा अरुण थापाले स्वर दिएसँगै तत्कालीन समयमा श्रोताकै आग्रहमा रेडियो नेपालमा दैनिक ८–१० पटकसम्म बज्ने गरेको गीत हो ।
२०७५ पौष २० गते दिवंगत गौचनको परिकल्पनामा लुम्लेलाई २०६५ चैत १५ गते भव्य समारोहबीच कविता गाउँ घोषणा गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी