पोखरा, २४ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी पूरा भएको छ ।
आइतबारदेखि शुरु हुने महोत्सवको तयारी पूरा भएको आयोजक विष्णुपादुका क्लवले जनाएको छ ।
महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा क्लबको बहुउद्देश्यीय भवन शिलान्यास गरिने छ । कार्यक्रम उद्घाटन पुर्व हेमजाको माइ स्थानबाट शोभा यात्रा सहित झाँकी ¥याली प्रदर्शन गरिनेछ । झाँकी ¥याली माइ स्थानदेखि मिलनचोक हँुदै महोत्सव स्थल पुग्नेछ ।
प्रतिकिलो ४० रुपैयाँमा आलुको कारोवार गरिने महोत्सव मूल आयोजक समितिका संयोजक सुबिन श्रेष्ठले जानकारी दिनुभयो । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ महोत्सव गर्न लागिएको हो । हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हाँस्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् ।
महोत्सवमा प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि करिव ४८ लाख १० हजार खर्च लाग्ने र ४९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको छ ।
हेमजाको कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आइएको छ । जसअन्तर्गत त्यहाँका ५ सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध छन् । यस वर्षको महोत्वव अन्तर्गत हेमजामा करिव ८० टन आलुको कारोवार हुने आयोजकको अपेक्षा छ ।
Related News
सम्बन्धित समाचार
४७ करोडमा बन्ने रुपा रिङरोड दोस्रो खण्डको शिलान्यास
मन्त्री केसीद्धारा चौर अम्बोट झोलुंगे पुलको उद्घाटन
एन प्याव्सनको श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर प्रथम
सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार सम्पादक सापकोटालाई
हेमजाको तीज मेलामा कमल जौशी समूह प्रथम
Archives
Archives