तीन महिने निःशुल्क कटाई सिलाई तालिम शुरु

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १८, २०८०
Chaitra 18 photo

पोखरा, १८ चैत । व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजना र पोखरा महानगरपालिका वडा नं १३ को समन्वयमा निःशुल्क कटाई सिलाई तालिम शुरु भएको छ ।

पोखरा १३ मा शुरु भएको तीन महिने ( ३९० कार्यघण्टा) एड्भान्स तालिममा २० जना महिलाको सहभागिता रहेको छ ।
महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । केन्द्र प्रमुख लक्ष्मी भद्र वाग्लेका अनुसार, यस आर्थिक वर्षमा विगतका आर्थिक वर्षमा भन्दा स्थानीय तहमा बढी कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

उहाँले आवश्यकतामा आधारीत भएर तालिमका कार्यक्रमहरु संचालन गरिएको बताउँदै तालिमपछि रोजगार र स्वरोजगार दुवै अवस्था सृजना हुने बताउनुभयो ।

तालिम उद्घाटन गर्दै पोखरा १३ का वडा अध्यक्ष किरण बरालले नागरिकहरु लाभान्वित हुन खालका कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य रजनी परियार, पृथ्वीधर सिग्देल समाजकी सचिव मैया सिग्देल, समाजसेवी नवीन सिग्देल, प्रशिक्षक कृष्ण प्रसाद थापा, मिना थापा लगायतले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives