दुई सय ९५ जनालाई सिपमूलक तालिम

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ६, २०८०
Talim

पोखरा, ६ चैत । व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले चालु आर्थिक वर्षमा दुई सय ९५ जनालाई विभिन्न सिपमूलक तालिम प्रदान गरेको छ ।
केन्द्रले विभिन्न १६ प्रकारका सिपमूलक तालिमहरु संचालन गर्दै आएको छ । हालसम्म १५ वटा तालिम सकिएको छ ।
एक वटा तालिम समापनको चरणमा पुगेको छ भने चार वटा तालिम चलिरहेका छन् । यसैै चालु आर्थिक वर्ष हुने १६ वटा तालिमका लागि भने प्रशिक्षार्थी छनोट हुँदैछ ।

तालिमलाई व्यवहारिक र जीवनोपयोगी बनाउँदै स्वरोजगार र रोगजार सृजनाका लागि प्राथमिकता दिइएको केन्द्रका प्रमुख लक्ष्मीभद्र वाग्लेले जानकारी दिनुभयो । बजारको माग अनुसार तालिम संचालन गर्नका लागि अध्ययन अनुसन्धानलाई जोड दिनुपर्ने उहाँको भनाइ छ ।

त्यस्तै, तालिमको प्रभावकारीता अध्ययनका लागि समेत कार्यदल गठन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । केन्द्र प्रमुख वाग्लेले तालिमपछि उत्पादन, स्वरोजगार र रोजगारसँग जोडिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

यसैबीच, केन्द्रले आयोजना गरेको तीन वटा तालिम व्यूटिपार्लर, मोवाइल मर्मत र कपाल काट्ने तालिम समापन भएको छ । तालिममा ५५ जना सहभागी हुनुहुन्थ्यो । तालिममा एमकुमारी राना, सुवाष लामिछाने र अभिषेक दर्नालले सहजिकरण गर्नुभएको थियो ।

तालिम समापनमा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका उपसचिव प्रकाशचन्द्र ढुंगानाले मानवीय जीवनका लागि सिप अत्यावश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार नवीन सिग्देल, कार्यक्रम अधिकृत डिल्लीराज सुवेदी, लेखा अधिकृत विनोद रेग्मी, प्रशिक्षक कृष्ण थापा, प्रशिक्षार्थी देवी घर्ति, विष्णु डुम्रे र दिपेन्द्र बस्नेत लगायतले बोल्नुभएको थियो । कार्यक्रम केन्द्र प्रमुख लक्ष्मीभद्र वाग्लेको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १५, २०८१
    पोखरा, १५ वैशाख । पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न…
  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…

Archives

Archives