पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चितताको माग

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ४, २०८०
received_1587013968780779

पोखरा, ४ चैत । पोखरा उद्योग वाणिज्य संघले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितताको लागि प्रधानमन्त्री पुष्प कमल दाहालसँग माग गरेको छ ।

आइतबार संघको तर्फबाट अध्यक्ष पवनकुमार प्रजापतिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सो माग गर्नुभएको हो । संघले यसअघि पनि पटक÷पटक प्रधानमन्त्रीलाई यो विषयबारे ध्यानाकर्षण गराएको स्मरण गर्दै विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग दोहो¥याएको हो ।

ज्ञापनपत्रमा कोरला नाका संचालन र कोरोला नाका संचालन तथा मुक्तिनाथ–दामोदरकुण्ड हुँदै मानसरोवर कैलाश पर्वत यात्रा सहज बनाउन पनि माग गरिएको छ । यस्तै पृथ्वी राजमार्गको स्तरोन्नति,पोखरामा ७८ किलोमिटर लामो चक्रपथ निर्माणको लागि बजेट विनियोजन गर्न पनि संघले माग गरेको छ ।

संघले पर्यटकीय नगरी पोखरामा विदेशी पर्यटकका निम्ति मौलिक र भव्य कोसेली घर आवश्यक रहेको बताउँदै संघले कोसेली घर निर्माणको पहल थालेको र त्यसमा संघ सरकारबाट सहयोगको अपेक्षा राखेको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा आर्थिक सूचकहरु सकारात्मक देखिए पनि अर्थतन्त्रको गति बढाउन तथा भइरहेको युवा पलायन रोक्न औद्योगिकीकरण र रोजागारी पहिलो भएको उल्लेख गर्दै अगाडि भनिएको छ,‘ देशमै केही हुन्छ भन्ने विश्वासलाई अझ सुदृढ बनाउन लगानी बढाउनुपर्ने आवश्यकतालाई गम्भीरतापूर्वक लिनुहुनेछ भन्ने हाम्रो आग्रह रहेको छ ।’

Related News

सम्बन्धित समाचार

  • विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १५, २०८१
    पोखरा, १५ वैशाख । पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न…
  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…

Archives

Archives