रामचन्द्र राइ
जापान, २७ फागुन । एन. आर. एन. ए. जापान तथा अन्य विभिन्न संघ संस्थाहरुको सहयोगमा फुकुओका क्युसु क्षेत्रले यसवर्ष पनि नेपाली फेस्टिभल आयोजना गर्ने भएको छ ।
आउँदो अप्रिल ६ तारीख फुकुओको सहरमा हुने उक्त फेस्टिभललाई नेपाली तथा विदेशी गरी करिब पाँच हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।
एन.आर.एन जापानका सचिव अर्जुन बगालेले कार्यक्रम सम्पन्न गर्न करिब ४० लाख खर्च लाग्ने अनुमान गरिएको बताउनुभयो । यो नेपाली कला, संस्कृतिलाइ चिनाउने पर्व हो, यस्तो मेला र महोत्सवले नेपाली पर्यटन क्षेत्रलाइ महत्वपुर्ण टेवा पुग्ने उहाँको भनाइ छ ।
यसैगरी क्युसु क्षेत्रीय अध्यक्ष विवेक बुढाथोकीले कार्यक्रमको तयारीका लागी विभिन्न ठाउँमा वृहत छलफल गरी आवश्यक जिम्मेवारी दिदै तयारीलाई तिव्रता दिइएको जानकारी दिनुभयो ।
यस्तै क्षेत्रीय सचिव केशव लामिछाने, मेला उपसंयोजक कृष्णहरि पाठक, प्राध्यापक डक्टर हरि देवकोटा, इन्जिनियर क्षितिज पन्त, सुरेन्द्र डंगोल, विनोद बस्नेत, खुमामोतो नेपाली समाजका अध्यक्ष कृष्ण पाण्डे लगायतले सबै मिलेर फेष्टिभल सफल बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
Related News
सम्बन्धित समाचार
हेमजामा फागुन ११ गते प्रथम मौरी महोत्सव हुने
माछापुच्छ्रे गाउँपालिका सिधिङमा गायिका समिक्षालाई सम्मान
अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी