जुवातास खेल्ने ६ पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
फागुन २०, २०८०
Tas

पोखरा, २० फागुन । पोखरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पोखरा – ८ सभागृहचोक स्थित बेथ वर्कसप (मोटरसाईकल ग्यारेज) मा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बारा स्थायी घर भई हाल पोखरा – ८ न्यूरोड बस्ने ४१ वर्षीय रमेश शाह, भारत बिहार घर भई हाल पोखरा – ९ नयाँबजार बस्ने ३५ वर्षीय उपेन्द्र चौधरी, पोखरा –६ जरेबर बस्ने २५ वर्षीय मुकेश शाह हुनुहुन्छ ।

त्यस्तै, भारत बिहार घर भई हाल पोखरा – ८ न्यूरोड बस्ने ३४ वर्षीय राकेश शर्मा, सप्तरी घर भई हाल पोखरा – २ बगर बस्ने २६ वर्षीय सुजित चौधरी र मोरङ घर भई हाल जिल्ला पोखरा – १४ चाउथे बस्ने ४३ वर्षीय गोपाल बस्नेत हुनुहुन्छ ।

प्रहरीले ३ बुक तास र नगद एक लाख ३९ हजार चार सय ५० रुपैयाँ बरामद गरेको छ । निजहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै